चिसोका कारण देशभरको जनजीवन प्रभावित : काठमाडौंमा माइनस ३.५ डिग्रीको रेकर्ड !

चिसोका कारण देशभरको जनजीवन प्रभावित : काठमाडौंमा माइनस ३.५ डिग्रीको रेकर्ड !

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ

केही दिनयता बढ्दै गएको चिसोका कारण देशभरका जनजीवन प्रभावित बनेको छ । उत्तरपश्चिमी वायुको प्रभावका कारण न्यूनतम तापक्रम घट्दै गएकाले चिसो बढेको जल तथा मौसम विज्ञान विभाग पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार अझै चिसो बढ्न सक्नेछ । उच्च हिमाली र पहाडी क्षेत्रमा हिमपातको सम्भावना देखिए पनि अन्य क्षेत्रमा मौसम सफा रहेको मौसमविद् सुजन सुवेदीले जानकारी दिए ।

काठमाडौंमा माइनस ३.५ डिग्रीको रेकर्ड

काठमाडौं उपत्यकामा हिजोआज तापक्रम दैनिकजसो घटबढ भइरहेको छ । शुक्रबार बिहानको तापक्रम १.५ डिग्री मापन गरिएको थियो । शनिबार साँझ पनि तापक्रम १.५ डिग्री थियो । दिउँसो घाम लागेसँगै तापक्रम बढ्ने गरेको छ । काठमाडौं उपत्यकामा २७ पुस ०३४ मा तापक्रम माइनस ३.५ डिग्रीसम्म पुगेको थियो ।
नयाँ पत्रिकाबाट

Skip This
Skip This
Logo