चरिकोटमा हिमपात, जनजीवन प्रभावित

चरिकोटमा हिमपात, जनजीवन प्रभावित

केन्द्रबिन्दु
0
Shares

दोलखाको उच्च भूभागमा हिमपात भएको छ । जिल्लाको पर्यटकीय क्षेत्र कालिञ्चोक, कुरीबजार, खरीढुङ्गा, जिरीबजार, शैलुङडाँडा, च्योर्दुङलगायत उच्च पहाडी भागमा बिहिबार हिमपात भएको हो ।

हिमपातसँगै वर्षा भई चिसो बढेका कारण जनजीवन प्रभावित बनेको छ । जिल्लाको उच्च भागमा बसोबास गर्दै आएका तथा भूकम्पका कारण घर क्षति भई अस्थायी बसोबास गर्दै आएकाको जनजीवन कष्टकर बनेको छ ।

हिमपात भएसँगै हिउँ खेल्न आन्तरिक पर्यटकको चहलपहलसमेत बढेको छ । काठमाण्डौबाट नजिकको दूरीमा दोलखा आई हिउँसँग खेल्न बाहिरबाट पर्यटक आउने हुँदा जिल्लाको होटल व्यवसायी खुशी भएका होटल सङ्घ दोलखाका अध्यक्ष सन्तोष पाठकले बताए ।

दोलखको कालिञ्चोक र कुरीबजारमा अहिले हजारौँको सङ्ख्यामा हिउँ खेल्न पर्यटक पुगेका र कुरीका सबै होटल भरिएको होटल सुनपातीका सञ्चालक हरि ओलीले बताए ।

Skip This
Skip This
Logo