अध्यादेशबारे छलफल गर्न सभामुखले बोलाए दलका प्रमुख सचेतकको बैठक

अध्यादेशबारे छलफल गर्न सभामुखले बोलाए दलका प्रमुख सचेतकको बैठक

केन्द्रबिन्दु
54
Shares

काठमाडौं । अध्यादेशबारे छलफल गर्न भन्दै प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले आज प्रमुख दलका प्रमुख सचेतकहरू र मुख्य सचेतकको बैठक बोलाएका छन् ।

सभामुखको सचिवालयका अनुसार बैठक दिउँसो तीन बजे सिंहदरबारमा बस्ने छ । सरकारले ल्याएका अध्यादेशलगायतका विषयमा छलफल गर्न बैठक बोलाइएको हो ।

सरकारले ल्याएका अध्यादेशको प्रतिपक्षी दलहरुले चर्को विरोध गरिरहेका छन् । बिहीबार संसद बैठक बस्ने भएकोले त्यसअघि सभामुखले दलका प्रमुख सचेतकहरुसँग छलफल गर्न लागेका हुन् ।

कांग्रेसमा संसदीय दलको प्रमुख सचेतक श्याम घिमिरे, एमालेमा महेश वर्तौला, माओवादीमा हितराज पाण्डे, रास्वपाका सन्तोष परियार र राप्रपामा ज्ञानेन्द्र शाही प्रमुख सचेतक रहेका छन् ।

Logo