रवि लामिछानेविरुद्ध संगठित अपराधको मुद्धा नचलाएपछि छानविन समिति गठन

रवि लामिछानेविरुद्ध संगठित अपराधको मुद्धा नचलाएपछि छानविन समिति गठन

केन्द्रबिन्दु
258
Shares

काठमाडौं । साहारा चितवन सहरकारीको रकम अपचलन प्रकरणमा रास्वपाका सभापति रवि लामिछानेविरुद्ध संगठित अपराधको मुद्धा नचलाएका चितवनका जिल्ला न्यायाधिवक्ता शान्तिप्रसाद लुइँटेलमाथि छानविन हुने भएको छ ।

जिल्ला प्रहरीले लामिछानेलाई दुवै मुद्दाको माग दाबी गरेर सरकारी वकिलको कार्यालयमा प्रतिवेदन बुझाएको थियो। तर, सरकारी वकिलको कार्यालय चितवनले उनको संलग्नता गोरखा मिडियामा गएको रकमको चेक काट्ने बाहेकको संलग्नता नदेखिएकाले संगठित अपराधमा मुद्दा दर्ता गरेको थिएन । यही विषयमा किन उन्मुक्ति दिइयो भन्दै महान्यायाधिवक्ताको कार्यालयले नायब महान्यायाधिवक्ता गोपालप्रसाद रिजालको संयोजकत्वमा छानबिन समिति गठन गरेको हो।

छानबिन समितिमा सहन्यायाधिवक्ता सूर्यराज दाहाल, उच्च अदालत सरकारी वकिल कार्यालय हेटौँडाका सहन्यायाधिवक्ता ईश्वरीप्रसाद ढकाल, महान्यायाधिवक्ताको कार्यालयका उपन्यायाधिवक्ता रुद्रप्रसाद आचार्य सदस्य छन्।

लुइँटेलको मंगलबार नै सरुवा गरिएको छ । हाल सरकारी वकिलको कार्यालय बुटवलका उपन्यायाधिवक्ता रवि न्यौपानेलाई चितवन तानिएको छ ।

Skip This
Skip This
Logo