संघर्ष समितिको आन्दोलन २ दिनका लागि स्थगित : निर्मला हत्याकाण्ड

संघर्ष समितिको आन्दोलन २ दिनका लागि स्थगित : निर्मला हत्याकाण्ड

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ

बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको न्यायिक आन्दोलनमा होमिएको नागरिक संघर्ष समितिले आन्दोलन स्थगित गरेको छ ।

पुर्व घोषित कार्यक्रम अनुसार दुई दिन आन्दोलन स्थगित गरिएको नागरिक संघर्ष समितिले जनाएको छ । शुक्रबार नागरिक संघर्ष समितिको बैठकले भीमदत्त नगरपालिकाले गर्न लागेको जैविक म्याराथुन दौड प्रतियोगिता सफल पार्न आन्दोलन स्थगित गरेको हो ।

नागरिक संघर्ष समिति कञ्चनपुरका प्रवक्ता नरबहादुर साउदले भीमदत्त नगरपालिकाले जैविक मार्गमा १५ पुसमा आयोजना गर्न लागेको म्याराथुन दौड प्रतियोगिता २०७५ लाई मध्य नजर गर्दै ( पुष १४ र १५ गते) आन्दोलन रोकिएको बताए ।

‘हामीले आन्दोलन पूर्ण स्थगित गरेका होइनौँ, ‘उनले भने , ‘केवल जैविक मार्गको कार्यक्रमलाई हेरेर दुई दिनको लागि मात्रै रोकेका हौँ ।’ प्रवक्ता साउदका अनुसार भीमदत्त नगरको सम्बृद्धि र दिगो विकासका लागि आयोजना हुन लागेको कार्यक्रम सफल पार्नका लागि आन्दोलन स्थगित गरिएको छ ।
नयाँ पत्रिकाबाट

Skip This
Skip This
Logo