‘जनताको बीचमा पुग्ने पहिलो अंग नै मिडिया हो’ -रामहरि खतिवडा

‘जनताको बीचमा पुग्ने पहिलो अंग नै मिडिया हो’ -रामहरि खतिवडा

केन्द्रबिन्दु
24
Shares

काठमाडौं । प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले आफूहरु स्वतन्त्र मिडियाको कानूनी र प्रेस स्वतन्त्रताको पक्षमा रहेको बताएका छन् ।

बुधबार अनलाईन टि.भी पत्रकार संघ नेपालको वार्षिकोत्सव समारोहमा बोल्दै उनले उनले प्रेस सबैभन्दा महत्वपूर्ण र चौथो अंग भए पनि यसलाई पहिलो अंगको रुपमा विकसित गरेर जानुपर्ने बताएका हुन् ।

‘हामी स्वतन्त्र मिडियाको कानुनी, राज्यको स्वतन्त्र प्रेस स्वतन्त्रताको पक्षमा छौं । संविधान निर्माण गर्ने क्रममा धेरै मेहिनेत गरेर प्रेस स्वतन्त्रतालाई पूर्ण प्रेस स्वतन्त्रता भन्ने शब्दसहित राखेर संविधान निर्माण गर्न सम्पन्न भएका छौं । प्रेस सबैभन्दा महत्वपूर्ण र चौथो अंग अरुले भन्छन् तर राज्यको पहिलो अंगभन्दा पहिले नै जनताको बीचमा पुग्ने नै मिडिया हो ।’ उनले भने, ‘त्यसैले यसलाई हामीले पहिलो अंगको रुपमा विकसित गरेर लिएर जान चाहन्छौं । जसले जनताको मतलाई सबै जनताका बीचमा लिएर जान सकोस्, सरकारका कामलाई जनताका बीचमा लिएर जान सकोस्, सासंदका कुराहरुलाई जनताका बीचमा लिएर जान सकोस् ।’

Logo