राष्ट्रियसभा बैठक बस्दै, यस्ता छन् कार्यसूची

राष्ट्रियसभा बैठक बस्दै, यस्ता छन् कार्यसूची

केन्द्रबिन्दु
24
Shares

काठमाडौं । राष्ट्रियसभाको बैठक आज दिउँसो सवा १ बजे संसद भवन नयाँबानेश्वरमा बस्नेछ ।

संघीय संसद अन्तर्गत आजको राष्ट्रियसभाको बैठकमा सरकारले ल्याएको ६ अध्यादेशहरू निर्णयार्थ प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको छ ।

सरकारले ल्याएका सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाह सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) अध्यादेश, निजीकरण (पहिलो संशोधन) अध्यादेश, आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, सहकारी सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश र भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश ल्याएको छ ।

बैठकमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले ‘पानीजहाज (सञ्चालन तथा व्यवस्थापन) विधेयक, २०८१’ सभामा पेस गर्ने कार्यसूची छ ।

Skip This
Skip This
Logo