को हुन् प्रधानमन्त्रीसँगै पूजा गर्ने यी सुन्दरी ? (भिडियोमा)

को हुन् प्रधानमन्त्रीसँगै पूजा गर्ने यी सुन्दरी ? (भिडियोमा)

केन्द्रबिन्दु
0
Shares

कुरो २०७५ पुष १२ गते विहिबारको हो । सन्दर्भ हो, २०७२ साल बैशाख १२ गतेको भुकम्पले भत्किएको धरहराको पुनर्निर्माणको लागी शिल्यान्यास कार्यक्रम । कार्यक्रममा प्रमुख अतिथि थिए, प्रधानमन्त्री केपी शर्मा ओली र अतिथि मध्येमा थिए, पुर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड ।

जव कार्यक्रम अनुसार शिल्यान्यासकोलागी पूजाआजा सुरु भयो, प्रधानमन्त्री केपी शर्मा ओलीसँगै एकजना सुन्दरी महिला पनि देखापरिन् । देखापरिन् मात्र होइन, उनीपनि प्रधानमन्त्रीसँगै बसेर पुजा गर्न मस्त रहिन् ।

प्रधानमन्त्रीको छेऊछाऊ उभिन र जानसमेत सुरक्षाकर्मीले कसैलाई दिएको थिएन । त्यस्तो कडा सुरक्षा ब्यवस्थावीच ती सुन्दरीलाई भने सुरक्षाकर्मीले रोकेनन् पनि ।

प्रधानमन्त्रीसँगै बसेर पुजा गर्न थालेपछि शिल्यान्यास कार्यक्रममा उपस्थितहरु माझ ती महिला को होलिन् भनेर चरम जिज्ञासा पलायो । तर, कार्यक्रम सञ्चालकले उनलाई चिनाउन आवश्यक ठानेन्न् ।

विहानको ११ बजे सुरु भएको त्यस शिल्यान्यास कार्यक्रममा प्रधानमन्त्रीसँगै यी महिला पनि पुगेकी थिइन् । सोधीखोजी पछि थाहा भयो ती सुन्दरीको नाम श्वेता शाह रहेछ ।

Logo