रामबहादुर बम्जनको आश्रमबाट बेपत्ता पारिएकाका परिवारको अपिल

रामबहादुर बम्जनको आश्रमबाट बेपत्ता पारिएकाका परिवारको अपिल

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । आफुलाई लिटल बुद्ध भन्ने रामबहादुर बम्जनको आश्रमबाट बेपत्ता भएका ३ जनाको परिवारले न्यायको लागि अपिल गरेका छन् ।

वेपत्ता भएकाहरुको खोजीमा सरकार र प्रहरी प्रशासन गम्भीर नबनेको आरोप लगाएका हुन् । शुक्रबार राजधानी आयोजित पत्रकार सम्मेलनमा उनीहरुले वेपत्ताहरुको खोजी गरिदिन आग्रह गरेका हुन् ।

बमजनको आश्रम गएपछि बेपत्ता भएका आफ्ना परिवारका सदस्य खोजिदिन भन्दै नुवाकोट, मकवानपुर र बाराका ४ जनाले प्रहरीमा जाहेरी दिएका छन्।

आफ्ना बुबा खोजिदिन भन्दै मकवानपुरका महेन्द्र वाइवा, छोरा खोजिदिन भन्दै बाराका हस्तबहादुर आलेमगर, दिदी खोजिदिन भन्दै मकवानपुरका विजय रूम्बा र बहिनी खोजिदिन भन्दै नुवाकोटकी गंगामाया तामाङले प्रहरी कार्यालयमा निवेदन दिएका हुन् ।

त्यस्तै यसअघि ३० भदौमा रौतहटकी १८ वर्षीय गंगामाया तामाङले बम्जनले आफूमाथि बलात्कार गरेको आरोप लगाउँदै आश्रममा हुने गरेका दुर्व्यवहारबारे बताएकी थिइन् ।

बेपत्ता भएकी नुवाकोटकी कर्मा भनेर आश्रममा चिनिने चिनिमाया तामाङकी दिदी गंगामायाले बहिनी जिउँदो भए भेट गराइदिन र नत्र लाश देखाउँन आग्रह गरेकी छन् ।

Skip This
Skip This
Logo