काठमाडौं । सत्ताधारी दल नेपाली कांग्रेस र नेकपा एमालेले अध्यादेशको पक्षमा उभिन आफ्ना सांसदहरूलाई ह्विप लगाएका छन् ।
संघिय संसद अन्तर्गत राष्ट्रिय सभाको आजको बैठकमा अध्यादेश पास गराउन भन्दै ती दलले पक्षमा उभिन ह्विप गरेको नेताहरुले बताएका छन् । दुवै दलले आफ्ना सांसदलाई संसद्मा अनिवार्य उपस्थित हुन र अध्यादेशको पक्षमा मतदान गर्न ह्विप लगाएका छन् । ।
राष्ट्रिय सभाको बैठक दिउँसो १ बजेर १५ मिनेटमा बस्दैछ । सरकारले संसद् अधिवेशन नचलेको बेला ल्याएका अध्यादेश निर्णयार्थ प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ ।
मन्त्रिपरिषदको सिफारिसमा गत पुस १४ गते राष्ट्रपति रामचन्द्र पौडेलले सहकारी सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश २०८१ जारी गरेका थिए । पुस २९ गते थप चार वटा अध्यादेश जारी भएको थियो । माघ २ गते अर्को एउटा अध्यादेश जारी गरेको थियो । ६ वटै अध्यादेश दुवै सदनमा प्रस्तुत भइसकेको छ ।
आज दुवै सभामा सबै अध्यादेशहरू निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची छ ।





























प्रतिक्रिया