काठमाडौं । सरकारले ल्याएको अध्यादेशबारे निर्णय गर्न जनता समाजवादी पार्टी (जसपा) को बैठक बसिरहेको छ ।
बैठक अघि जसपाले प्रधानमन्त्री के.पी. शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवासँग भेटघाट गरेका थिए ।
आजको बैठकमा अध्यक्ष उपेन्द्र यादवले सत्ताधारी दलका प्रमुखसँगको भेटमा भएका कुरा विस्तार गर्ने र विधेयकबारे निर्णय लिने बताइएको छ ।
यस अघि जसपाको राजकिशोर यादव नेतृत्वको विधेयक सुझाव कार्यदलले अध्यक्ष यादव समक्ष सुझाव प्रतिवेदन बुझाएको थियो ।
आज प्रतिनिधि सभा र राष्ट्रिय सभा दुवैमा अध्यादेशहरू निर्णयार्थ प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ । प्रतिनिधि सभाको बैठक दिउँसो १ बजे र राष्ट्रिय सभाको बैठक दिउँसो १ बजेर १५ मिनेटमा बस्दैछ ।
सरकारले प्रतिनिधि सभामा अध्यादेश पास गराउन सक्ने भए पनि राष्ट्रिय सभामा अध्यादेश पास गर्न सरकारलाई जसपाको साथ चाहिने देखिन्छ ।





























प्रतिक्रिया