सकारात्मक पाइला चाल्दै त्रिवि, फर्किएला लयमा ?

सकारात्मक पाइला चाल्दै त्रिवि, फर्किएला लयमा ?


काठमाडौं । मुलुककै जेठो र केन्द्रीय त्रिभुवन विश्वविद्यालयको बारेमा जति नराम्रा विषय समाचार सम्प्रेषण हुन्छन्, त्रिवि त्यति सम्मपनि बिग्रेको छैन र त्रिविको बेथितिको बारेका मात्र समाचार प्रकाशन र प्रसारण भएको भन्ने गुनासो त्रिविका पदाधिकारीहरुबाट सुनिन्छ । आज हामी तपाईंहरुलाई विश्वविद्यालयको सुधारका लागि त्रिविले के कस्ता पहलकदमी गरेको छ, त्यस विषयमा विस्तृत जानकारी दिने छौं ।

विद्यार्थीको आकर्षण घट्दै जाँदा त्रिविले केही सुधारका पहलहरु थालेको छ, जुन सराहनीय छ । जस्तो कि समयमा परीक्षा सञ्चालन हुने र समयमै नतिजा प्रकाशन गर्नेमा त्रिवि पुरानै लयमा फर्किँदै छ ।

आउनुहोस्, हेरौं विश्वविद्यालय सुधारका लागि त्रिविले चालेका केही पहलहरु-

त्रिविको शैक्षिक क्यालेण्डर लागू

त्रिविले स्नातक र स्नातकोत्तर तहको २०८१ जेठमा शैक्षिक क्यालेन्डर सार्बजनिक गरेको थियो । शैक्षिक क्यालेण्डर अनुसार सेमेस्टर प्रणालीको परीक्षा लिएको ३ देखि ४ महिनाभित्र नतिजा प्रकाशन हुने भनिएको छ । सोही अनुरुप केही हदसम्म शैक्षिक क्यालेण्डर लागू पनि भएको छ ।

स्नातक तह त्रिविको शैक्षिक क्यालेण्डरमा पहिलो समेस्टरको परीक्षा पुष ३ गते सुरु हुनेछ भने २०८२ बैशाख १ गते नतिजा प्रकाशन हुनेछ । माघ दुई गतेबाट दोस्रो सेमेस्टरको पढाई सुरु हुने, २०८२ असार २ गतेदेखि तेस्रो सेमेस्टरको पढाई सुरु हुने र २०८२ मंसिर ३ गते देखि चौथो सेमेस्टरको पढाई सुरु गर्ने क्यालेण्डरमा उल्लेख गरिएको छ ।

२०८३ जेठ १ गतेबाट पाँचौं सेमेस्टर र मंसिर १ गतेबाट सातौं सेमेस्टर सुरु हुनेछ । त्यसगरी २०८४ कात्र्तिक ४ गतेबाट आठौं सेमेस्टरको अध्ययन सुरु हुने शैक्षिक क्यालेण्डरमा उल्लेख छ । स्नातकोत्तर तहको त्रिविले शैक्षिक सत्र २०८१ अनुसार पहिलो सेमेस्टरको आवेदन फारम मंसिरमा खुलाउने उल्लेख छ ।

त्रिविले पुस महिनामा प्रवेश परीक्षा र भर्ना हुने समय तोकेको छ ।

विद्यार्थीले आवश्यक कागजात अनलाइनमा अपलोड गर्नुपर्ने र नपुग भएमा इमेलमा सूचना आउने प्रणाली बनाइएको छ ।

माघ १ गतेदेखि पढाइ सुरु गर्ने, २०८२ वैशाख ४ गतेदेखि परीक्षा सञ्चालन गर्ने र असोज १ गते नतिजा प्रकाशन गर्ने त्रिविको क्यालेण्डरमा उल्लेख छ । दोस्रो सेमेस्टरको पढाइ २०८२ जेठ ३ गते, तेस्रोको २०८२ मंसिर १ र चौथो सेमेस्टरको पढाइ २०८३ वैशाख ४ गते सुरु हुनेछ ।

तर उक्त क्यालेण्डर इन्स्टिच्युट अफ मेडिसिनमा भने लागू हुने छैन ।

शैक्षिक प्रमाणपत्रका लागि अनलाइन आवेदनको सुरुवात

प्रमाणपत्रको लागि त्रिवि धाउनुपर्ने बाध्यता अब हटेको छ । नेपालको पूर्वदेखि पश्चिम सम्मका विद्यार्थीहरु प्रमाणपत्रका लागि त्रिवि धाउनुपर्थ्यो, जसकारण विद्यार्थीले आर्थिक भारसँगै समय पनि धेरै लाग्ने अवस्था थियो । अबदेखि भने विद्यार्थीले यी यावत् समस्या झेल्नुपर्ने छैन ।

त्रिभुवन विश्वविद्यालयले शैक्षिक प्रमाणपत्र लिनका लागि अनलाइनमार्फत आवेदन दिन पाउने व्यवस्था गरेको छ । त्रिविले १५ माघदेखि शैक्षिक प्रमाणपत्र लिनका लागि अनलाइनमार्फत आवेदन दिन सकिने जानकारी दिएको छ ।

विद्यार्थीले ट्रान्सक्रिप्ट, प्रोभिजनल प्रमाणपत्र, पुनर्योग, प्रमाणपत्रको प्रतिलिपी, प्रमाणपत्र सच्याउने जस्ता कामका लागि अनलाइनमार्फत आवेदन दिन सक्ने र अनलाइनमार्फत नै शुल्क तिर्नसक्ने व्यवस्था गरिएको छ ।

त्रिविले हाल चारवर्षे बनाएको स्नातक तहको पढाइलाई फेरि तीनवर्षे बनाउने तयारी गरेको छ ।

विद्यार्थीले आवश्यक कागजात अनलाइनमा अपलोड गर्नुपर्ने र नपुग भएमा इमेलमा सूचना आउने प्रणाली बनाइएको छ । अनलाइन आवेदन दिएपछि कहिले र कहाँ शैक्षिक पत्र उपलब्ध हुन्छ भन्ने जानकारी अनलाइनमार्फत नै गराइने परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ ।

त्रिविले यो व्यवस्था लागू गरेसँगै आवेदन दिन परीक्षा नियन्त्रण कार्यालय जानु पर्दैन, उपत्यकाको हकमा विद्यार्थी आफ्नो शैक्षिक प्रमाणपत्र लिन बल्खु आउनुपर्छ भने बाहिरको हकमा क्षेत्रीय कार्यालयमा पठाउनेछ ।

स्नातकलाई पुनः तीन वर्षमा झार्ने

त्रिविले हाल चारवर्षे बनाएको स्नातक तहको पढाइलाई फेरि तीनवर्षे बनाउने तयारी गरेको छ । चारवर्षे बनाउँदा निरन्तर विद्यार्थी संख्या घट्न थालेपछि विश्वविद्यालयमा यस विषयमा छलफल सुरु भएको थियो । त्रिविले सबैभन्दा पहिला २०७१÷७२ सालदेखि व्यवस्थापन संकायबाट स्नातक तहलाई चारवर्षे बनाउन सुरु गरेको थियो । मानविकी तथा सामाजिकशास्त्र संकायमा चारवर्षे प्रावधान लागू भएको एक चक्र मात्र पूरा भएको छ ।

शैक्षिक क्यालेण्डर अनुसार सेमेस्टर प्रणालीको परीक्षा लिएको ३ देखि ४ महिनाभित्र नतिजा प्रकाशन हुने भनिएको छ ।

परीक्षा नियन्त्रण कार्यालयले समेत स्नातकलाई चारवर्षेबाट झारेर तीनवर्षे नै बनाउनुपर्ने राय व्यक्त गरेको थियो । स्नातकलाई तीनवर्षे बनाउँदा स्नातकोत्तर तहको अध्ययनका लागि विदेश जान चाहने विद्यार्थीले सम्बन्धित मुलुकमा गएर थप एक वर्षको ‘ब्रिज कोर्स’ गर्नुपर्दथ्यो ।

तर, स्वदेशमै चारवर्षे स्नातक पढेपछि भने स्नातकोत्तरका लागि ‘ब्रिज कोर्स’ गर्नुपर्ने बाध्यता हटेको छ ।

विदेश जान चाहने विद्यार्थीलाई सहज बनाउने नाममा स्वदेशमै पढ्न चाहने विद्यार्थीलाई अप्ठ्यारोमा पार्न नहुने त्रिविकै अधिकारीको भनाइ छ । यदि स्नातकको अध्ययन फेरि ३ वर्षकै भयो भने वैदेशिक अध्ययनमा जाने विद्यार्थीहरुले १ वर्षको ‘ब्रिज कोर्स’ गर्नुपर्नेछ । यद्यपी यस विषयमा कसैले त्रिविले राम्रो कदम चालेको भन्दै व्याख्या गरेका थिए भने कसैले तिब्र आलोचना पनि गरेका थिए ।

प्रदेशस्तरमा उत्तरपुस्तिका परीक्षण

त्रिविले उत्तरपुस्तिका प्रदेशस्तरमा परीक्षण गर्ने गरी कार्यको थालनी गरेको छ । प्रदेशस्तरमा संकलन भएको उत्तरपुस्तिका त्यहीं परीक्षण गरेर विद्यार्थीको प्राप्ताङ्क मात्र परीक्षा नियन्त्रण कार्यालयमा पठाउने गरी कार्य भैरहेको परीक्षा नियन्त्रण कार्यालयले जानकारी दिएको छ ।

क्षेत्रीय स्तरमा संकलन भएको विद्यार्थीको उत्तरपुस्तिका कोडिङ डिकोडिङ गरेर त्यहीं परीक्षण संपरीक्षण गरेर नतिजा बल्खुमा पठाउने प्रणालीको सुरुवात भइसकेको छ । त्रिविले प्रदेश स्तरको परीक्षा नियन्त्रण कार्यलय हरेक प्रदेशमा सुरु गरिसकेको छ । लुम्बिनी प्रदेशको क्षेत्रिय परीक्षा नियन्त्रण कार्यालय कोहलपुरमा स्थापना गरेको छ ।

स्नातकोत्तर तह अध्ययनका लागि स्नातक तहमा ऐच्छिक नेपाली नै पढेको हुनुपर्ने संकुचित प्रावधान हटाउँदै उक्त व्यवस्था त्रिविले लागू गरेको हो ।

त्यस्तै, त्रिविको सम्पूर्ण क्षेत्रिय कार्यालयमा परीक्षा नियन्त्रण कार्यालय स्थापना गरेको छ । मधेश प्रदेशमा क्षेत्रिय परीक्षा नियन्त्रण कार्यालय स्थापनाका लागि कागजी काम पूरा भैसकेको त्रिविले जनाएको छ । यो प्रणाली लागू भएसँगै नतिजामा ढिलाई हुने र उत्तरपुस्तिका नै हराउने जस्ता समस्याको समाधान हुने भएको छ ।

जुनसुकै विषयमा स्नातक उत्तीर्ण गरेपनि स्नातकोत्तरमा नेपाली अध्ययन गर्न पाउने जुनसुकै विषयमा स्नातक तह उत्तीर्ण भएका विद्यार्थीले पनि त्रिभुवन विश्वविद्यालयको स्नातकोत्तर तह (एमए) मा नेपाली विषय अध्ययन गर्न पाउने व्यवस्था त्रिविले लागू गरेको छ ।

स्नातकोत्तर तह अध्ययनका लागि स्नातक तहमा ऐच्छिक नेपाली नै पढेको हुनुपर्ने संकुचित प्रावधान हटाउँदै उक्त व्यवस्था त्रिविले लागू गरेको हो ।

स्नातक तहमा नेपाली विषय पढेकाले मात्रै स्नातकोत्तरमा नेपाली पढ्न पाउने प्रावधानका कारण कतिपय विद्यार्थीले चाहेर पनि पढ्न पाएका थिएनन् । ऐच्छिक नेपाली विषय पढेकाले मात्रै पढ्नुपर्ने प्रावधान हटाएर स्नातकोत्तर तहमा नेपाली विषय अध्ययनलाई खुकुलो र पहुँचयोग्य बनाउनुपर्ने आवाज विगत लामो समयदेखि उठ्दै आएको थियो । त्रिविले लागू गरेको उक्त व्यवस्थासँगै अब अन्य विषयमा स्नातक उत्तीर्ण गरेका विद्यार्थीले समेत नेपालीमा स्नातकोत्तर अध्ययन गर्न पाउने भएका छन् ।

विश्वविद्यालयबारे इन्टरनेशनल अडिट गराउने

त्रिविले आगामी वर्षदेखि इन्टरनेसनल अडिट गराउने तयारी गरेको छ । अन्र्तराष्ट्रिय स्तरमा सूचीकृत संस्थालाई त्रिविको रिपोर्ट तयार गर्न लगाउने तयारी गरिरहेको छ । कति विद्यार्थी भर्ना भए, त्यसमध्ये कति उत्तीर्ण भए, कति लेखहरु प्रकाशित भए त्यसको गुणस्तर कस्तो छ र विश्वविद्यालय कहाँ पुग्यो लगायतको हरेक वर्ष रिपोर्ट तयार पार्ने गरी त्रिविले इन्टरनेशनल अडिट गराउने तयारी थालेको हो ।

Logo