मलेसिया । मलेसियामा दुई नेपालीको मृत्यु भएको छ । बातु पहाडमा रहेको सिन कावाङ प्लाष्टिक कम्पनीमा कार्यरत रौतहटका सन्तोष यादव र ठेगाना नखुलेका चुरा दर्लामी मगरको मृत्यु भएको हो । बिहीबार बिहान रसायनिक ट्याङ्की सफा गर्ने क्रममा रसायनको गन्धले बेहोस भएका यादव ट्याङ्कीभित्र खसेका थिए ।
यादवलाई उद्धार गर्ने क्रममा मगर पनि बेहोस भएका थिए । रसायनको अत्याधिक असरका कारण श्वासप्रवास बन्द भएर उनीहरुको ज्यान गएको त्यही कम्पनीमा कार्यरत नेपालीहरुले बताएका छन् ।
कामदारको सुरक्षा हुनुपर्ने, मृत्यु भएकाका परिवारलाई क्षतिपूर्ति दिनुपर्ने माग राख्दै कामदारले कम्पनीमा हडताल गरेका छन् ।





























प्रतिक्रिया