हिलारीलाई पछि पार्दै १७ वर्षपछि मिसेल बनिन् धेरै अमेरिकनले मन पराउने महिला

हिलारीलाई पछि पार्दै १७ वर्षपछि मिसेल बनिन् धेरै अमेरिकनले मन पराउने महिला

केन्द्रबिन्दु
0
Shares

एजेन्सी । अमेरिकाकी पूर्वप्रथम महिला मिसेल ओबामा धेरै अमेरिकनले मन पराउने महिला बनेकी छन्। १७ वर्षसम्म लगातार यो सूचीको पहिलो नम्बरमा रहेकी पूर्वविदेशमन्त्री हिलारी क्लिन्टनलाई पछि पार्दै यो वर्ष मिसेल पहिलो नम्बरमा पुगेकी हुन्।

गलुप संस्थाले हरेक वर्ष सर्वेक्षण गरेर संसारभरिका कुन महिला र पुरूष तपाईंलाई धेरै मन पर्छ भनी अमेरिकनलाई सोध्ने गर्छ। सन् १९७६ बाहेक हरेक वर्ष उसले धेरै अमेरिकनले मन पराएका पुरूष र महिलाको सूची सार्वजनिक गर्दै आएको छ।

यो वर्ष डिसेम्बर ३-१२ सम्म यो सर्वेक्षण गरिएको थियो। सर्वेक्षणमा मिसेलले १५ प्रतिशत मत पाएकी थिइन् भने दोस्रो नम्बरमा रहेकी अर्फान विन्फ्रेले ५ प्रतिशत मत पाइन्।

१७ वर्षसम्म सूचीको पहिलो नम्बरमा रहेकी हिलारी यसवर्ष तेस्रो नम्बरमा परेकी छन्। उनले ४ प्रतिशत मत पाएकी छन्। उनको र प्रथम महिला मेलानिया ट्रम्पको मत बराबर छ।

धेरैले मन पराउने पुरूषहरूको सूचीको पहिलो नम्बरमा पूर्वराष्ट्रपति बाराक ओबामा छन्। उनी लगातार ११ वर्षदेखि यो सूचीमा रहँदै आएका छन्।

उनले १९ प्रतिशत मत पाएका छन् भने राष्ट्रपति डोनाल्ड ट्रम्प दोस्रो नम्बरमा छन् । निर्वासित तिब्बती धर्मगुरू दलाई लामालाई पनि धेरै अमेरिकनले मन पराउनेको सूचीको आठौं नम्बरमा छन्।

Logo