ठेलागाडामाथि ट्रिपर पल्टिंदा एक जनाको मृत्यु, ३ वटा ट्याक्सीमा क्षति

ठेलागाडामाथि ट्रिपर पल्टिंदा एक जनाको मृत्यु, ३ वटा ट्याक्सीमा क्षति

केन्द्रबिन्दु
0
Shares

ट्रिपर आतंक बढेको भन्दै राजधानीमा ट्रिपर चलाउन रोक लगाए पनि आतंक भने रोकिएको छैन। शुक्रबार बिहान बालाजु बाइपासमा ठेलागाडामाथि ट्रिपर पल्टिंदा एक जनाको मृत्यु भएको छ।

ना ७ ख ७००५ नम्बरको ट्रिपरले पल्टेर ५८ वर्षीय दलबहादुर विसंखेको मृत्यु भएको हो । दुर्घटनामा १ जना घाइते भएका छन् भने ३ वटा ट्याक्सीमा क्षति पुगेको छ । दुर्घटनामा घाइते बिसंखेको श्रीमती सान्नानी  बिसंखेको बायाँ खुट्टा किचिएको छ । उनको अहिले त्रिवि शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।

ठक्कर दिने टिपर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ ।

Logo