काठमाडौं । चाहविलमा अवस्थित सेन्ट लरेन्स कलेजको आयोजनामा ‘सातौं साइन्स एन्ड आइटी एक्स्पो’ सुरु भएको छ।
बिहीबार एक भब्य कार्यक्रमका बिच ‘सेन्ट लरेन्स साइन्स एण्ड आइटी एक्स्पो २०८१’ अर्थात सेन्ट लरेन्स अन्वेषण सुरु भएको हो। शुक्रबारसम्म चल्ने उक्त एक्स्पोको उद्घाटन समारोहमा प्रमुख अतिथिका रुपमा नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट)का सचिव रवीन्द्रप्रसाद ढकालको उपस्थिती रहेको थियो ।
विज्ञान तथा आइटिले अबको विश्वमा नयाँ–नयाँ अवसरहरूको सिर्जना गर्ने हुँदा यी क्षेत्रप्रति विद्यार्थीहरूको रुचि जगाई त्यसमा भविष्य खोज्न उनीहरूलाई प्रोत्साहन गर्नका लागि कार्यक्रम आयोजना गरिएको आयोजकको भनाई छ।

कलेजले आयोजना गरेको साइन्स एन्ड आइटी एक्स्पोमा सहभागी १७ वटै विद्यालयहरुबीच प्रतिस्पर्धामार्फत पहिलो, दोस्रो र तेस्रो हुनेलाई प्रोत्साहन स्वरुप नगद पुरस्कारका साथै प्रमाणपत्र र मेडल पनि प्रदान गरिने जानकारी सेन्ट लरेन्स कलेजका अध्यक्ष केशव प्रसाद दंगालले जानकारी दिए । उनका अनुसार पहिलो हुने स्कुलले २० हजार, दोस्रोले १५ हजार र तेस्रो हुने स्कुलले १० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

यसका साथै सान्तवना अवार्ड प्राप्त गर्ने स्कुलले विशेष पुरस्कार प्राप्त गर्ने पनि उनले जानकारी दिए ।
अध्यक्ष दंगालले यस्ता साइन्स एन्ड आइटी एक्स्पोमार्फत विद्यार्थीहरुले प्रदर्शनमा राखेको इनोभेसनले वास्तविक स्वरुप लिँदै प्रतिस्पर्धात्मक बजारमा आफ्नौ भिन्न स्थान बनाउन मद्दत गरि समाज परिवर्तनमा अभिन्न भूमिका खेल्ने विश्वास व्यक्त गरे ।

यसका साथै कार्यक्रममा प्रमुख अतिथिका रुपमा उपस्थित नास्टका सचिव ढकालले समाजको आवश्यकता पहिचान गरी उक्त आवश्यकता अनुरुप डिभाइस तथा सोलुसन बनाउन विद्यार्थीहरुलाई आग्रह गरे । यसका साथै उनले आइटी क्षेत्रमा अझै धेरै विकासका कार्य बाँकी रहेकाले विद्यार्थीहरुले उक्त कुराको पहिचान गरी खाली स्थान ओगट्न पनि आग्रह गरे ।


































प्रतिक्रिया