चितवनबाट छुटेपछि रवि लामिछानेले भने- यो परिवर्तनको प्रसव पीडा हो

चितवनबाट छुटेपछि रवि लामिछानेले भने- यो परिवर्तनको प्रसव पीडा हो

केन्द्रबिन्दु
90
Shares

काठमाडौं । साहारा चितवन बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको रकम हिनामिना गरेको अभियोगमा पूर्वगृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने बैंक ग्यारेन्टी बुझाएर छुटेका छन् ।

बिहीबार जिल्ला अदालत चितवनले साहाराको रकम हिनामिना गरेको अभियोगमा लामिछानेसँग रु ५४ लाख धरौटी माग गर्ने आदेश गरेको थियो, उनी बैंक ग्यारेन्टी बुझाएर छुटेका हुन् ।

आदेशमा भनिएको थियो, “माग भएको धरौटी वा जमानत वा बैंक जमानत दिए निज प्रतिवादीलाई तारेखमा राख्नु । सो दिन नसके कानून बमोजिम थुनामा राख्न सम्बन्धित कारागार कार्यालयमा पठाइदिनु ।”

त्यसैगरी आदेशमा प्रतिवादी रवि लामिछानेले अदालतमा बयान गर्दा आफू गोर्खा मिडिया नेटवर्कको प्रबन्ध निर्देशक रहेको, सो कम्पनीमा आफ्नो शेयर रहेको विषयलाई अन्यथा नभनेको, निजले प्रबन्ध निर्देशकको हैसियतबाट चेकमा हस्ताक्षर गरेको भन्ने तथ्यलाई स्वीकार गरेको उल्लेख छ ।

दुई दिनसम्म चलेको थुनछेक बहसपछि आज आदेश भएको हो ।

हिरासतमुक्त भएपछि लामिछानेले सम्मानित अदालतले न्याय दिन्छ भन्नेमा विश्वास रहेको र यो परिवर्तनको प्रसवपिडा भएको बताएका छन् । ‘हाम्रो चितवन भनेको देवभूमि हो । देवता बस्ने ठाउँ हो । यो ठाउँले परिवर्तनका लागि उद्घोष गरिसकेको छ । अघिल्लो निर्वाचनमा नै व्यक्ति चुनेको होइन । देशमा परिवर्तन चाहियो भनेर चितवनले सुरुवात गरेको हो । यो देशव्यापी हुन्छ । परिवर्तन जन्मने बेलाको प्रसव पीडा हो । परिवर्तन जन्मिएरै छाड्छ,’ रविले भने ।

Skip This
Skip This
Logo