राष्ट्रसंघीय मानवअधिकार परिषदमा भाग नलिने इजरायलको घोषण

राष्ट्रसंघीय मानवअधिकार परिषदमा भाग नलिने इजरायलको घोषण

केन्द्रबिन्दु
39
Shares

एजेन्सी । इजरायलले संयुक्त राष्ट्र मानवअधिकार परिषदमा भाग नलिने घोषणा गरेको छ ।


इजरायलका विदेशमन्त्री गिडोन सारले बिहीबार संयुक्त राष्ट्र मानवअधिकार परिषद् (यूएनएचआरसी) लाई इजरायलले अब उक्त संगठनमा भाग नलिने जानकारी दिएका छन् । इजरायलको यो कदम अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले राष्ट्रसंघको शीर्ष मानवअधिकार निकायबाट आफ्नो देश फिर्ता भएको घोषणा गरेको दुई दिनपछि आएको हो ।

सारले यूएनएचआरसीका अध्यक्ष जुर्ग लाउबरलाई लेखेका छन्, ुमानवअधिकार परिषदमा इजरायलविरुद्ध जारी र निरन्तर संस्थागत पूर्वाग्रहलाई ध्यानमा राख्दै यो निर्णय लिइएको हो, जुन सन् २००६ मा स्थापना भएदेखि नै जारी छ । सारले परिषद राजनीतिक प्लेटफर्म भएको छ, जसको प्रयोग इजरायललाई निन्दा गर्ने र केही राजनीतिक उद्देश्यहरू अगाडि बढाउन प्रयोग गरिन्छ ।

‘सन् २०२३ अक्टोबर ७ देखि परिषदले इजरायलविरुद्ध गलत जानकारी फैलाउन प्लेटफर्म प्रयोग गरेको छ[, उनले भनेका छन् इजरायली मन्त्रीले सामाजिक सञ्जाल प्लेटफर्म एक्समा लेखेका छन्, ‘राष्ट्रपति ट्रम्पको न्यायपूर्ण निर्णयमा सामेल भएर इजरायलले अब परिषदमा भाग नलिने उल्लेख गरेको छ ।’

Skip This
Skip This
Logo