देश विदेशमा आज थुप्रै सकारात्मक तथा नकारात्मक घटना परिघटनाहरु भए । ति घटनाक्रमहरुलाई हामीले केन्द्रबिन्दु डटकम र केन्द्रबिन्दुको युट्युब च्यानल मार्फत निरन्तर पलपलमा अपडेट गर्यौ । यसरी अपडेट भएका अनेकौ समाचारहरु मध्ये प्रमुख समाचारहरुलाई यहाँ प्रस्तुत गर्दैछौ । हाइलाइट गरिएको शिर्षकहरुमा क्लिक गरेर बिस्तृत समाचार पढ्न सक्नु हुन्छ ।
प्रदिप रावल भन्छन्, ‘निर्मलाको हत्या कबुल गराउन प्रहरीले पाईपले कुटे’
कञ्चनपुरको भीमदत्तनगरकी निर्मला पन्तको हत्यापछि बलात्कार प्रकरणमा पक्राउ परेका प्रदिप रावल साधारण तारेखमा रिहा भए ।निर्मला हत्या प्रकरणमा संलग्न रहेको प्रमाण देखिएको भन्दै प्रदिपलाई मंसिर १८ गते काठमाडौंबाट पक्राउ गरिएको थियो । प्रहरीले उनीविरुद्ध प्रहरीमाथि अभद्र व्यवहार गरेको भन्दै ‘सार्वजनिक अपराध’ अन्तर्गत मुद्दा चलाएर निर्मला प्रकरणमा अनुसन्धान गरिरहेको थियो ।
२२ तले धरहराको पुर्ननिर्माण सुरु, प्रधानमन्त्रीले गरे शिलान्यास
२०७२ साल बैशाख १२ गतेको भूकम्पले ध्वस्त भएको धरहराको पुनर्निर्माणको काम आजबाट औपचारिक रुपमा सुरु भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले एक समारोहका बीच धरहरा पुनर्निर्माणको शिलान्यास गरेका छन् । सो क्रममा नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीलगायतको सहभागिता रहेको थियो ।
बिग बास लिगमा सन्दीपको उत्कृष्ट बलिङ जारी, ४ ओभरमा २ विकेट
अस्ट्रेलियामा जारी बिग बास लिग (बीबीएल) क्रिकेटमा नेपाली खेलाडी सन्दीप लामिछानेले आफ्नो उत्कृष्ठ प्रदर्शनलाई जारी राखेका छन् । विग बास लिग अन्तर्गत मेलबर्न स्टार्सबाट खेलिरहेका सन्दीपले तेस्रो खेलमा २ विकेट लिएका छन् । सिड्नी सिक्सर्सविरुद्धको खेलमा सन्दीपले दुई विकेट हात पारेका हुन् । सन्दीपले व्यक्तिगत दोस्रो र तेस्रो ओभरमा विकेट लिएका हुन्। ४ ओभर बलिङ गरेका सन्दीपले १८ रन दिएर २ विकेट लिएका छन् ।
शिक्षकको कुटाईबाट बारामा एक विद्यार्थीको मृत्यु, कुट्ने शिक्षक फरार
शिक्षकको कुटाईबाट एक विद्यार्थीको ज्यान गएको छ । कलैया उपमहानगरपालिका १ स्थित नमुना निम्न माध्यमिक विद्यालयमा कक्षा ७ मा अध्ययनरत १४ वर्षका अजय मण्डलको मृत्यु भएको हो । शिक्षक सोनालाल प्रसाद यादवको कुटाईबाट गम्भीर घाइते मण्डलको जिल्ला सरकारी अस्पताल कलैयामा उपचारको क्रममा मृत्यु भएको हो। विद्यालयमा छात्रा जिस्क्याएको आरोपमा शिक्षक यादवले उनलाई कुटेको विद्यार्थीहरुले बताएका छन् । कुटपिटपटि उनलाई विद्यालयबाट निकालिएको थियो ।
खोप लगाउँँदा ४५ दिने शिशुको मृत्यु, पाटन अस्पतालमा तनाव
पाटन अस्पतालमा ४५ दिने खोप लगाउँदा एक शिशुको मृत्यु भएको छ । जुम्लाको कुनका सुन्दरी घर भई हाल ललितपुरको सुनाकोठी बस्दै आएका राजबहादुर राउतका ४५ दिने छोराको मृत्यु भएको हो । पुस ९ गते खोप लागाएर घर पुर्याइएका शिशुको घर फर्केपछि थोरै ज्वरो आएको अस्पताल ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको राउतको भनाई छ ।
मनाङ मर्स्याङ्दीले जित्यो शहीद स्मारक ए डिभिजन लिगको उपाधी
मनाङ मर्स्याङ्दी क्लबले शहीद स्मारक ए डिभिजन लिग फुटबलको उपाधी जितेको छ । मनाङले दुई खेलअघि नै उपाधी जित्दै ईतिहास रचेको छ । ललितपुरको सातदोबोटोस्थित एन्फा कम्प्लेक्समा बिहीबार भएको खेलमा मनाङले संकटा क्लबलाई ३–१ गोलअन्तरले पराजित गर्दै दुई खेलअघि नै उपाधी हात पारेको हो ।
मेलमिलाप दिवस मनाउन कांग्रेसले ७७ जिल्लामा केन्द्रीय नेता खटायो (सूचीसहित)
नेपाली कांग्रेसले राष्ट्रिय एकता तथा मेलमिलाप दिवस मनाउन केन्द्रीय नेतालाई जिल्ला पठाउने भएको छ । दिवसको अवसरमा हुने कार्यक्रमलाई प्रभावकारी बनाउन कांग्रेसले ७७ जिल्लामा केन्द्रीय प्रतिनिधि पठाउने भएको हो ।
सीके राउतसँग वार्ता गर्नु नपर्ने, विप्लवको गतिविधि नियन्त्रण गर्नुपर्ने निष्कर्ष
‘राजनीतिक वार्ता टोली’ ले आफ्नो प्रतिवेदन प्रधानमन्त्री केपी शर्मा ओलीलाई बुझाएको छ । गएको भदौ ८ गते मन्त्रिपरिषदले सोमप्रसाद पाण्डेको संयोजकत्वमा ५ सदस्यीय राजनीतिक वार्ता टोली गठन गरेको थियो । सिंहरदरबारमा बिहीबार पत्रकार सम्मेलन गर्दै संयोजक पाण्डेले २३ वटा विभिन्न समूहसँग औपचारिक वार्ता गरेको जानकारी दिए । त्यस्तै तीनवटा समूहले आफूसँग भएको हतियार बुझाएर मूलधारको राजनीतिमा प्रवेश गरेको संयोजक पाण्डेले बताए ।
चोलेन्द्रविरुद्ध संसदीय समितिमा ९ वटा उजुरी, शुक्रबार छलफल हुने
समवेदना सन्देशमा बधाई दिने कर्मचारीलाई कारवाही गरिने
जिल्ला अदालत काठमाडौं परिसरबाटै हत्कडीसहित एक अभियुक्त फरार
बूढानीलकण्ठस्थित सुधारगृहमा छापा, ५० महिलाको उद्दार
९ महिनापछि सेयर बजारमा एकैदिन अर्ब बढीको कारोबार
मध्यरातमा मनाए सलमानले ५३ औं जन्मदिन, पूर्व प्रेमिकासँग रोमान्स
‘द भोइस अफ नेपाल सिजन २’ को डिजिटल अडिसन सुरु हुँदै
आँधीका कारण इन्डोनेसियामा २० हजार मानिस विस्थापित
यसका साथै केन्द्रबिन्दु डटकममा आज राजनीति, सामाजिक, स्वास्थ्य, शिक्षा, आर्थिक, प्रबिधि, कला, लाइफस्टाइल, खेलकुद, बिश्व बिबिध, बिचार लगायतका थुप्रै समाचारहरु प्रकाशन भएका छन् । सबै समाचार पढ्न यहाँ क्लिक गर्न सक्नु हुन्छ। त्यस्तै केन्द्रबिन्दुको युट्युब च्यानल मा पनि बिभिन्न समाचार र मनोरोजनात्मक सामग्रीहरु प्रकाशन भएका छन् ।































प्रतिक्रिया