पाथीभरा (मुकुम्लुङ) क्षेत्रमा किन आवश्यक छ केवलकार ?

पाथीभरा (मुकुम्लुङ) क्षेत्रमा किन आवश्यक छ केवलकार ?

केन्द्रबिन्दु
18
Shares

काठमाडौं । ताप्लेजुङ (मुकुम्लुङ) मा अवस्थित पाथीभरा मन्दिर क्षेत्रमा आर्थिक, पर्यटन लगायतका विकास गर्नका लागि केवलकार निर्माण आवश्यक रहेको विषय अहिले जोडतोडले चलिरहेको छ । पाथीभरामा केवलकार निर्माणले ताप्लेजुङका स्थानीय नागरिकको समग्र विकास, पाथीभरा मन्दिरको महिमा र गरिमा बढाउने निर्माण पक्ष र स्थानीयले दाबी गरिरहँदा केही समूह यसलाई रोक्ने पक्षमा पनि देखिन्छन् ।

पाथीभरामा केवलकार निर्माण भयो भने पर्यटनका लागि कोसेढुङ्गा बन्ने आधार धेरै भएकाले सबैले जिम्मेवारीपूर्वक भूमिका निर्वाह गर्न पक्षधरहरुले अपिल गरिरहेका छन् । पाथीभरा केवलकार निर्माण परियोजना नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्र ढकालको नेतृत्वमा रहेको आइएमई ग्रुप प्राइभेट लिमिटेडले बनाइरहेको छ ।

उनले पाथीभरामा केवलकार बनाउनका लागि राज्यपक्ष र ‘नो केवलकार’ पक्षले जिम्मेवारीपूर्ण तरिकाले सोचेर सहयोग गर्न अपिल गरे ।

यसले विषयले सडकदेखि सदनसम्म स्थान पाउँदा अध्यक्ष ढकालले पनि पाथीभरा केवलकार निर्माणमा पछिल्लो समयको विवादलाई लक्षित गरी विकासलाई राजनीति र धर्मभन्दा माथि राखेर हेर्न राजनीति दल तथा सर्वसाधारणमा अपिल गरेका थिए । उनको भनाई थियो, ‘रोजगारको अवसर सिर्जना गर्न सबैजना एक भएर नलागे सन्ततीहरु पछुताउने वातावरण रहेको छ । नेपालमा रोजगारी दिने कुरा, अवसर बनाउने कुरा बैदेशिक रोजगारीमा जाने युवाहरुलाई रोक्न एकमत भएर लागेनौं भने भोलि हाम्रा सन्ततीहरु पछुताउने वातावरण बाहेक अरु केही हुँदैन ।’

केबुलकारले सबै धर्मलाई प्रोत्साहन गर्ने र रोजगारीको अवसर सिर्जना गर्ने उनले स्मरण गराएका थिए ।

यस्तै, पाथीभरा मन्दिर क्षेत्रमा निर्माण हुने केवलकार पर्यटनका लागि कोसेढुङ्गा सावित हुने ताप्लेजुङ् सरोकारका केन्द्रका पूर्वअध्यक्ष चित्रगुप्त साँवाले बताए । केन्द्रबिन्दुसँगको संवादमा उनले भने, ‘पाथीभरा मन्दिर निकै विकट क्षेत्र भएका कारण दर्शन गर्न आउने राष्ट्रिय तथा अन्तरराष्ट्रिय दर्शनार्थीहरुको सहजताका लागि केवलकार निमार्ण गर्न आवश्यक रहेको छ । विकास जनताको सुख हो । केवलकार निर्माणले पाथीभराको प्रचार गरी महिमा बढाउँछ । केवलकारको आवश्यकता ताप्लेजुङबासीले गरेका छन् ।

उनले पाथीभरामा केवलकार बनाउनका लागि राज्यपक्ष र ‘नो केवलकार’ पक्षले जिम्मेवारीपूर्ण तरिकाले सोचेर सहयोग गर्न अपिल गरे ।

जो पाथीभरामा ‘नो केवलकार’ भनिरहेका छन् र मुन्धुम संस्कृतिमाथि अतिक्रमण हुने, व्यापारिक स्वार्थ मात्रै पूर्ति हुने र स्थानीयहरुको रोजीरोटी खोसिने राखेका अभिव्यक्ती दिइरहेका छन्, त्यसको खण्डन गर्दै साँवाले भने, ‘विकासले संस्कृति र परम्परा मास्दैन् बरु पाथीभराको प्रचार बढाउँछ, पाथीभराको महिमा बढाउँछ र स्थानिय तथा बाह्य दर्शनार्थीहरुलाई सहज बनाउँछ ।’

पाथीभरामा केवलकार निर्माण भए ताप्लेजुङका बासिन्दाहरुको आर्थिक विकास, पर्यटकीय विकाससँगै सामाजिक विकासमा पनि टेवा पुर्याउने आँकलन गर्न सकिन्छ ।

आउनुहोस् यसका फाइदाबारे चर्चा गरौं-

१) आर्थिक विकास– पाथीभरा मन्दिर क्षेत्रमा केवलकार निर्माण हुँदा यहाँ आर्थिक विकास हुने आधार देखिन्छन् । केवलकार निर्माणका पक्षधरहरुले पाथीभरा क्षेत्रका स्थानीय नागरिकहरुले आफ्नो र समाजको आर्थिक विकासमा टेवा पुर्याउन सक्ने छन् । त्यहाँ आफ्नो नयाँ व्यवसाय सिर्जना गरेर आर्थिक लाभ लिन सक्ने केवलकार निर्माण पक्षको जोड पनि छ । पाथीभरा क्षेत्रमा बदाम, पानी, सुन्तला लगायत सामान्य वस्तु बचेर गुजारा चलाउने नागरिकले अब त्यसलाई व्यवसायिक गर्ने वातावरण बन्ने सुनौलो अवसर छ । व्यवसाय विस्ता हुँदा युवालाई रोजगारीको अवसर बन्ने छ र वैदेशिक पलायन रोकिन्छ ।

२) पर्यटकीय विकास – केवलकार निर्माण हुँदा पाथीभरा जस्तो पर्यटकीय क्षेत्रलाई सम्वर्धन र प्रवर्धन गर्न सहज हुने सुनौलो अवसर हुने ताप्लेजुको प्रतिनिधित्व गर्ने प्रतिनिधिसभा सदस्य योगेश कुमार भट्टराई बताउँछन् । उनले पत्रकार सम्मेलन नै गरी १९ बुदेँ ध्यानाकर्षण पत्र मार्फत पाथीभरा क्षेत्रमा केवलकार बनाउनुपर्छ भन्ने अभिव्यक्ती दिएका छन् । पाथीभरा क्षेत्रमा केवलकार बनाउनुपर्छ भनेर पत्रकार सम्मेलन गरी उनले खुलेरै बोलेका थिए । पाथीभरा भ्रमण गर्ने प्रर्यटकहरुको अहिलेसम्मको उच्च संख्या एक दिनमा २१ हजार छ । केवलकार निर्माण भएपछि त्यो संख्या अझ बढेर लाखमा नपुग्ला भन्न सकिन्न । यसले आर्थिक विकाससँगै पर्यटकीय विकासमा टेवा पुर्याउने केवलकार निर्माणका पक्षधरहरुको आशा छ ।

३) सामाजिक विकास – पाथीभरामा केवलकार निर्माण भए ताप्लेजुङका बासिन्दाहरुको आर्थिक विकास, पर्यटकीय विकाससँगै सामाजिक विकासमा पनि टेवा पुर्याउने आँकलन गर्न सकिन्छ । ग्रामिण भेगमा कुन प्रकारको विकास गर्न सकिन्छ भन्ने आम नागरिकदेखि व्यवसायकर्मी, जनप्रतिनिधि सबैको महत्वपूर्ण भूमिका रहन्छ । केवलकार निर्माणमा जनप्रतिनिधिदेखि लगानीकर्ता र स्थानीयको सहयोग रहन्छ । जति पाथीभरा भ्रमणका लागि प्रर्यटक भित्रिन्छन् त्यती नै समाजमा नयाँ कुराहरुको जानकारीसँगै समाजलाई विकास तर्फ उन्मुख गर्ने निर्माण पक्षको भनाइ छ ।

४) भौतिक विकास– भौतिक विकास भन्नाले कुनै देश वा क्षेत्रको पूर्वाधार, प्रविधि र अन्य भौतिक संरचनाहरुको विकासलाई जनाउँछ। यसले मानिसको जीवनस्तरमा सुधार ल्याउनुका साथै आर्थिक वृद्धि र सामाजिक प्रगतिमा पनि टेवा पुर्याउँछ। हो, पाथीभरा क्षेत्रमा केवलकार निर्माणले पनि त्यस क्षेत्र र समग्र ताप्लेजुङकै भौतिक विकासमा टेवा पुर्याउने आशा गरिएको छ । ताप्लेजुङ आफैंमा पूर्वी नेपालको पहाडी जिल्ला हो, यहाँ विकासले छुन धेरै कुरा बाँकी छ । गतिला पूर्वाधार छैनन् । तर, यदी पाथीभरामा केवलकारले स्थान पाए शिक्षा, स्वास्थ्य, आवास, यातायात र अन्य सुविधाहरुलाई सहज बनाउनुका साथै रोजगारीका अवसरहरु पनि सिर्जना गर्नेछ ।

केवलकारले सुरक्षित र भरपर्दो यातायातको माध्यम प्रदान गर्दछ, दुर्घटनाको जोखिमलाई कम गर्दछ ।

५) सुरक्षित यात्राः पाथीभराको यात्रा जोखिमपूर्ण छ, विशेष गरी खराब मौसममा। याे अवस्थामा केवलकारले सुरक्षित र भरपर्दो यातायातको माध्यम प्रदान गर्दछ, दुर्घटनाको जोखिमलाई कम गर्दछ । अझ वृद्ध र अशक्त तीर्थयात्रीहरूका लागि सहज हुनेछ । केवलकारले वृद्ध व्यक्तिहरू, अपाङ्गता भएका व्यक्तिहरू र स्वास्थ्य समस्या भएकाहरूका लागि मन्दिर पुग्न सजिलो बनाउँछ। जसले गर्दा धेरै मानिसहरूले तीर्थयात्राको अनुभव गर्न पाउँछन्।

६) समयको सदुपयोग – पाथीभरामा केवलकार निर्माण भयो भने तीर्थयात्रीको समयको सदुपयोग हुन्छ । दर्शनार्थीहरुले हिँडेर जानुपर्ने भएकाले गर्दा समय धेरै लाग्ने हुनाले पनि उनीहरुको सहजताको लागि केवलकार बनाउन आवश्यक रहेको छ ।

यस्तै, विभिन्न प्रकारका फाइदा हुने भएकाले पाथीभरा क्षेत्रमा केवलकार बनाउन आवश्यक रहेको निर्माण पक्षकाहरुको अभिमत छ । पाथीभरा क्षेत्रमा केवलकार निर्माण गर्न प्रस्तावित मार्ग २.७४ किलोमिटर छ । तल्लो स्टेशन काफ्लेपाटीबाट सुरु भइ माथिल्लो स्टेशन पाथीभरा मन्दिर नजिकै रहने बताइएको छ । जसका लागि तीन अर्व लगानी रहको निर्माण पक्षको भनाइ छ ।

Skip This
Skip This
Logo