प्रहरीलाई प्रधानमन्त्री ओलीले भने- ठगहरुमाथि निर्धक्क भएर अनुसन्धान गर्नुस्

प्रहरीलाई प्रधानमन्त्री ओलीले भने- ठगहरुमाथि निर्धक्क भएर अनुसन्धान गर्नुस्

केन्द्रबिन्दु
114
Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कुनै पनि प्रकारको दबाब र भनसुनमा नपरेर प्रमाण र तथ्य आधारित न्यायसङ्गत अनुसन्धान गर्न नेपाल प्रहरीलाई आग्रह गरेका छन् ।

भृकुटीमण्डपस्थित नेपाल पुलिस क्लव परिसरमाा नवनिर्मित ‘द ब्लु प्याभिलियन’ भवनको आज उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले प्रहरी ठिक ढङ्गले चलेमा सरकारको तर्फबाट कुनै हस्तक्षेप नहुने स्पष्ट गर्दै अनावश्यक रुपमा त्रसित नभई न्याय स्थापनामा दृढ ढङ्गले अगाडि बढ्न आग्रह गरेका हुन् ।

‘तपाईंहरु जनताको अपेक्षा अनुसार चल्नुपर्छ । जनताले प्रहरीबाट निष्पक्ष र राम्रो व्यवहारको अपेक्षा गरेको छ । त्यसैले तपाईंहरुले संविधान र कानुनबमोजिम देश र जनताको हितलाई शीरमा राखेर काम गर्नुस् ।’, उनले भने, कुनै तस्कर, भ्रष्ट र ठगहरुमाथि अनुसन्धान गर्दा उल्टै उनीहरुका ठुला कुरा र हप्की सुन्नुपर्ने अहिलेको प्रवृत्ति पनि प्रभावित हुनुहुन्न । निर्धक्क भएर काम गर्नुस् । मुलुकमा शान्ति सुव्यवस्था कायमका साथै राष्ट्रिय हित र एकतालाई ध्यान दिएर अझ प्रभावकारी रुपमा काम गर्नुस् ।’

प्रधानमन्त्री ओलीले विगतमा देश र जनताको सुरक्षाका क्रममा प्रहरीहरु लडिरहँदा नेपाल प्रहरी र नेपाली सेनाका कतिपय अधिकृतहरु आफ्नो दुनो सोझ्याउन भित्रभित्र विरोधीसँग साँगसाँठ गर्नु अशोभनीय र घिनलाग्दो स्वार्थ भएको टिप्पणी गरे ।

उनले नेपाल प्रहरीलाई सबै प्रहरीको घरका रुपमा स्थापित गर्दै यहाँभित्र मूल्याङ्कन र अवसरका क्रममा आफ्नो तान्ने प्रवृत्ति भए त्यस्ता कमजोरी सच्याएर जानुपर्नेमा पनि जोड दिए । विसं. २०७७ जेठ ११ गते शिलान्यास भएको उक्त प्याभिलियनको रु ७५ करोड ८७ लाखमा निर्माण सम्पन्न भएको जानकारी दिइएको छ ।

कार्यक्रममा प्रधानमन्त्री ओलीले नेपाल प्रहरीको इतिहास भाग–२ को विमोचन गर्नुभयो भने भवन निर्माणमा योगदान दिने अधिकारी, प्राविधिक र निर्माणकर्तालाई सम्मान प्रदान गरे । यस्तै नेपाल प्रहरीका महानिरीक्षक वसन्तबहादुर कुँवरले प्रधानमन्त्री ओलीमार्फत प्रधानमन्त्री दैवी प्रकोप सहायता कोषमा रु ७४ लाखको चेक हस्तान्तरण गरे ।

Skip This
Skip This
Logo