पूर्वगृहमन्त्री श्रेष्ठद्वारा अध्यादेशको आलोचना

पूर्वगृहमन्त्री श्रेष्ठद्वारा अध्यादेशको आलोचना

केन्द्रबिन्दु
36
Shares

रामपुर (पाल्पा) । नेपाल कम्युनिष्ट (माओवादी केन्द्र)का वरिष्ठ उपाध्यक्ष एवं पूर्वगृहमन्त्री नारायणकाजी श्रेष्ठले सरकारले हालै जारी गरेका अध्यादेश लोकतन्त्रको भावना विपरीत छन् भन्दै तिनको आलोचना गरेका छन् ।

प्रेस सेन्टर नेपालले तानसेनमा आयोजना गरेको पत्रकार सम्मेलनमा पूर्वगृहमन्त्री श्रेष्ठले लोकतान्त्रिक तरिकाबाट अध्यायदेश जारी गरेको आरोप लगाउँदै आफ्नो दल तिनका विरुद्धमा सदनमा उभिने बताएका हुन् ।

राजनीतिक अधिकार प्राप्त भए पनि जनताले अझै पनि आर्थिक, समाजिक अधिकार प्राप्त गर्न नसकेकोे उनको कथन छ ।

विधिको शासन उल्लङ्घन हुन नदिनेतर्फ पनि माओवादी केन्द्र सचेत रहेको पूर्वगृहमन्त्री श्रेष्ठले बताए । केन्द्रले सदन र सडकबाट सशक्त ढङ्गले सरकारको खबरदारी गर्दै आएको बताए ।

Skip This
Skip This
Logo