पुलिस क्लब परिसरमा सञ्चालनमा आयो ‘द ब्लु पेभेलियन’

पुलिस क्लब परिसरमा सञ्चालनमा आयो ‘द ब्लु पेभेलियन’

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । प्रदर्शनीमार्गस्थित नेपाल पुलिस क्लब परिसरमा अत्याधुनिक सुविधासहितको ‘द ब्लु पेभेलियन’ सञ्चालनमा आएको छ ।

प्रहरी कर्मचारीलाई स्वस्थ, चुस्तदुरस्त र तनावमुक्त बनाउने अभिप्रायले निर्माण गरिएको सो भवनको आज प्रधानमन्त्री केपी शर्मा ओलीले समुद्घाटन गरेका हुन् ।

कुल रु ७५ करोड ८७ लाख २९ हजारको लागतमा निर्माण गरिएको उक्त भवनमा बहुउद्देश्यीय हल, ब्याडमिन्टन कोर्ट, कन्फ्रेन्स हल, विशिष्ट तथा अतिविशिष्ट कक्ष, स्वास्थ्य कक्ष, जिम हलसहित दुईतले भूमिगत पार्किङलगायत सुविधा रहेको छ । तत्कालीन प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले विसं २०७६ भदौ २४ गते शिलान्यास गरेका थिए ।

त्यस अवसरमा गृहसचिव गोकर्णमणि दुवाडीले प्रहरी सङ्गठनमा रहेका जनशक्तिको शारीरिक, मानसिक स्वास्थ्यका साथै सांस्कृतिक कार्यको प्रवर्द्धन र मनोरञ्जनात्मक गतिविधिमा प्रहरी कर्मचारीलाई सहभागी गराउने उद्देश्यले निर्मित पेभिलियनले प्रहरीको कार्यसम्पादनमा थप कुशलता र व्यावसायिकता प्रवर्द्धन गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

Skip This
Skip This
Logo