एन्फा निर्वाचनमा कानुनको उल्लंघन भएको प्रमाण सार्वजनिक

एन्फा निर्वाचनमा कानुनको उल्लंघन भएको प्रमाण सार्वजनिक

केन्द्रबिन्दु
0
Shares

काठमाडौं
एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पाले ९ महिना अघि भएको निर्वाचनमा कानुनको उल्लंघन गरी विजयी भएको प्रमाण विपक्षी समूहले सार्वजनिक गरेको छ ।

गत बैशाखमा भएको एन्फा निर्वाचनमा शेर्पाले गैरकानुनी ढंगले आर्थिक प्रलोभनमा पारेर निर्वाचन जितेको प्रमाण त्यतिबेला अध्यक्ष प्रत्यासी रहेका मणि कुँवरसहितको टोलीले बुधबार सार्वजनिक गरेको हो ।

टोलीले दस्तावेज तथा अडियो र भिडियो प्रमाण सार्वजनिक गरेको हो । मणि कुँवर टोलीले बुधबार पत्रकार सम्मेलनमा कर्मा छिरिङ शेर्पाको समुहले निर्वाचन समितिलाई आर्थिक प्रभावमा पारेको, अदालतलाई आर्थिक प्रभावमा पार्न खोजेको, मताअधिकार प्राप्त प्रतिनिधिलई आर्थिक प्रभावमा पारेको, निर्वाचन समितिलाई ज्यान मार्ने धम्की दिएको र निर्वाचन भन्दा अगावै मताधिकार प्राप्त व्यक्तिलाई भारतका विभिन्न ठाउँमा लगेर क्लोज क्याम्प राख्ने, हवाई टिकट तथा अन्य अनियमितताका लागि ठुलो धनराशि खर्च गरेको प्रमाण सार्वजनिक गरिएका छन् ।
नेपाल समाचारपत्रबाट

Skip This
Skip This
Logo