नेपाल समाजवादी पार्टीको राष्ट्रिय महाधिवेशन आजदेखि

नेपाल समाजवादी पार्टीको राष्ट्रिय महाधिवेशन आजदेखि

केन्द्रबिन्दु
27
Shares

काठमाडौं । डा. बाबुराम भट्टराईले नेतृत्व गरेको नेपाल समाजवादी पार्टी (नेसपा) को प्रथम राष्ट्रिय महाधिवेशन आजदेखि सुरु हुँदैछ ।

काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा मङ्गलबारसम्म चल्ने महाधिवेशनले ११ पदाधिकारीसहित ९९ सदस्यीय केन्द्रीय समिति चयन गर्नेछ । अध्यक्ष, महासचिव र कोषाध्यक्ष खुला प्रतिष्पर्धाको आधारमा छनोट हुने र उपाध्यक्ष समूहगत प्रतिस्पर्धाको आधारमा चयन हुने पार्टीकी नेतृ हिसिला यमीले जानकारी दिइन् ।

त्यस्तै सचिवमा महिलालाई प्राथमिकता दिएर जाने र बाँकीलाई फ्रि इलेक्सनको माध्यमबाट चयन गर्ने उनको भनाइ छ । नेसपाले भारतमा रहने प्रवासी सदस्यहरूलाई अनलाइनबाट मतदान गर्न पाउने व्यवस्था गरेको छ ।

महाधिवेशनमा देशभरबाट १५ सय प्रतिनिधिले भाग लिने नेसपाले जनाएको छ ।

Logo