सरकार र ‘नो केबलकार’ समूहको वार्ता निष्कर्ष विहिन

सरकार र ‘नो केबलकार’ समूहको वार्ता निष्कर्ष विहिन

केन्द्रबिन्दु
69
Shares

विराटनगर । पाथीभरा क्षेत्रमा केबलकार निर्माणको विरोधमा आन्दोलनरत पक्ष र सरकारबीच आइतबार भएको वार्ता निष्कर्ष विहिन बनेर टुङ्गिएको छ ।

यस अघि भएका सहमति सरकारले कार्यन्वयन नगरेको भन्दै आन्दोलत पक्षले वार्ता भाँडेको थियो । आन्दोलनरत पक्षले राजनीतिक नेतृत्वसँग मात्रै वार्ता गर्ने अडान लिएपछि वार्ता विना निष्कर्ष सकिएको हो ।

सरकारले नो केबलकार पक्षसँग वार्ता गर्न गृह मन्त्रालयका सह सचिव प्रेम प्रसाद भट्टराईको नेतृत्वमा वार्ता टोली गठन गरेको छ । सरकारले वार्ता टोली गठन गरेपछि नो केबलकार समूहले गर्दै आएको आन्दोलनका कार्यक्रम स्थगित भएको थियो ।

यसअघिको वार्तामा आन्दोलनका क्रममा पक्राउ परेकाहरूलाई बिनाशर्त छाड्ने सहमति गरेको थियो । तर सहमति विपरीत धरौटीमा तारिखमा छाडिएको आन्दोलनरत पक्षले जनाएको छ ।

आजको वार्तामा आन्दोरत पक्षले यसअघि भएको वार्तामा भएका सहमति समेत कार्यान्वयन नभएकाले उच्च स्तरीय राजनीतिक नेतृत्वसँग मात्रै वार्ता गर्ने माग राखेका थिए । उक्त सम्बोधन नभएपछि वार्ता विना निष्कर्ष सकिएको वार्ता सहजीकरण समितिका संयोजक अमर तुम्याहाङले जानकारी दिए ।

वार्ता टोलीले आन्दोलनरत पक्षलाई औपचारिक वार्ताकालागि आव्हान गरेसँगै आन्दोलनरत पक्षले पनि अमर तुम्याहाङको संयोजकत्वमा वार्ता टोली गठन गरेको थियो ।

Skip This
Skip This
Logo