दुई छोरालाई विष खुवाएर आमाले गरिन् आत्महत्याको प्रयास, एकको मृत्यु

दुई छोरालाई विष खुवाएर आमाले गरिन् आत्महत्याको प्रयास, एकको मृत्यु

केन्द्रबिन्दु
0
Shares

जनकपुरधाम । धनुषामा एक महिलाले आफ्नो दुई नाबालक छोरालाई विष खुवाएर आफूले पनि विष खाएर आत्महत्याको प्रयास गरेकी छन्। लक्ष्मीनियाँ गाउँपालिका १ सोनमाई खजुरी टोलकी २४ वर्षीया रिना देवी यादवले घरायसी विवादमा दुई छोराको हत्या गरी आफु पनि आत्महत्या गर्ने प्रयास गरेकी हुन् ।

जबरजस्ती विष खुवाएको ३ वर्षीय कान्छो छोरा रितेश यादवको मृत्यु भएको छ भने जेठो छोरा ५ वर्षीय रितिक यादव र आमा रिनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।

रिनाको जनकपुरस्थित जानकी हेल्थकेयरमा उपचार भइरहेको छ भने रितिकलाई जनकपुर अञ्चल अस्पतालको आईसियुमा राखेर उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाका डीएसपी दिपेन्द्र शाहीले जानकारी दिए ।

सोमबार राति घरमा सासूसँग विवाद भएपछि मंगलबार बिहानै रिना दुवै छोरालाई लिएर घरबाट निस्केकी थिइन्। उनलाई खोज्न घरपरिवारका सबै बिहानैदेखि लागेका थिए ।

वैदेशिक रोजगारबाट एक महिनाअघि मात्रै घर फर्किएका उनका श्रीमान रविन्द्र यादव पनि श्रीमति र बच्चालाई खोज्दै हिँडेका थिए। यता, रिनाले जनकपुरधाम उपमहानगरपालिका मुजेलिया नजिकै कवर्ड हल अगाडि दुई छोरालाई विष खुवाई आफू पनि विष सेवन गरेर परालको टाल मुनि लुकेर बसेकी थिइन्।

विष खुवाएपछि कान्छो छोरा र रिना बेहोस् भएका थिए भने जेठो छोरा रितिक होसमै थिए। उनी टालबाट निस्केर बरबराउँदै आफ्नो आमाले भाइ र आफूलाई विष खुवाएको भनि हल्ला गर्दै भौतारिएका थिए। उनको मुखबाट समेत र्याल र सिगान निस्की राखेको थियो।

यसै क्रममा दिउँसो ३ बजेतिर छट्पटाउँदै बरबराई राखेका रितिकलाई स्थानीयले देखेपछि स्थानीयकै सहयोगमा तीनैजनालाई जनकपुर अञ्चल अस्पताल लगिएको थियो । कान्छो रितेशको बाटैमा ज्यान गएको हो ।

Skip This
Skip This
Logo