केवलकार बन्ने ताप्लेजुङमा, वार्ता काठमाडौंमा, त्यो पनि काठमाडौंका मान्छेसँग

केवलकार बन्ने ताप्लेजुङमा, वार्ता काठमाडौंमा, त्यो पनि काठमाडौंका मान्छेसँग

केन्द्रबिन्दु
1.51k
Shares

काठमाडाैं । ताप्लेजुङको पाथीभरामा केवलकार बन्दैछ तर विरोध काठमाडौंमा गरिएको छ । निर्माणस्थलमा शान्त छ, काम भइरहेको छ । आयोजना क्षेत्रका नागरिक जतिसक्दो चाँडै केवलकार बनाउन आग्रह गरिरहेका छन् तर विरोध भने बाहिरी जिल्लाका मानिसले गरिरहेका छन् ।

हुनत यो बृहत परियोजनाले समग्र कोशी प्रदेशकै आर्थिक विकास र जनताको उन्नतिका लागि सहयोग पुर्याउँछ तर पनि पहिलो प्रत्यक्ष प्रभावित र लाभान्वित हुने भनेको ताप्लेजुङ जिल्लाकै बासिन्दा हुन् । तर उनीहरुलाई खासमा भन्ने हो भने बोल्न दिइएको छैन । आयोजनास्थलमा पनि बाहिरकै मान्छे जान्छन्, हुल हुज्जत गर्छन् र प्रहरीमाथि नै जाइलागेर गोली हान्न बाध्य बनाउँछन् । यो आयोजना समयमै बन्दा सबैभन्दा बढी फाइदा ताप्लेजुङबासीमा हुने भएकाले उनीहरु परियोजना समयमै सक्न चाहन्छन् ।

तर केही समययतादेखि यो परियोजनालाई राजनीतिकरण गरिएको छ । यो राजनीतिकरणले स्थानीयको मुद्दालाई छायाँमा पारेको छ । यहाँसम्म कि यसअघिका वार्ता समितिलाई भंग गरेर फेरि अर्काे वार्ता टोली बनाइएको छ तर पनि त्यसमा ताप्लेजुङ जिल्लाका प्रतिनिधि भने छैनन् । यसबाट उनीहरु विकास रोक्न र अर्काको जिल्लामा भएको विकास निर्माणको कार्यमा अवरोध गर्न चान्छन् ।

जिल्लाका सबै राजनीतिक दलका नेताहरु परियोजना बन्नुपर्ने बताउँछन् । अहिले उनीहरु आफ्ना बारेमा काठमाडौंमा बसेर कुनै अमुक व्यक्ति तथा समूहले गरेका कुनै पनि निर्णय नमान्ने पक्षमा रहेको बताएका छन् । उनीहरुले भनेका छन्– आयोजना निर्माण हुने हाम्रो जिल्लामा हो । यसबाट प्रभावित हुने अथवा भनौं लाभान्वित हुने भनेका हामी हौँ । तर काठमाडौंमा केवलकार बनाउन हुन्न भन्ने पक्षले सरकारसँग वार्ता गरेको भन्ने सुनेका छौँ । यदि हाम्रा स्थानीयका एजेण्डा समेटिएनन् भने, यदि केवलकार नबनाउने निर्णय गरियो हामी त्यो हामीलाई मान्य हुँदैन ।

आइतबारको वार्ता टोलीमा सहभागीहरूको विवरण

१. सरस्वति सिंघक (सरु) माइती ताप्लेजुङ्ग लामो समय विदेश बसेर आएको हाल झापा

२. यासेली योङ्गहाङ्ग (मुध्धुम जानकार,कलाकार) पाँचथर

३. सुर्य बिक्रम चेम्जोङ्ग (अहिले जसपाको नेता धनकुटा)

४. खगेन्द्र माखिम (संघीय लिम्बुवान पार्टीमा सक्रिय रहेका तर अहिले पहिचानबादी तेह्रथुम)

५. सन्तोष मेहता ( राजेन्द्र महतोको पार्टी राष्ट्रिय मुक्ति पार्टी ) सुनसरी

६. दिलकुमार लावती (नागरिक उन्मुक्ति पार्टीको सहसचिव) पांचथर

७. आङकाजी शेर्पा (जसपा) सोलुखुम्बु

८. राजकुमार नाल्बो (नेपाल जनमुक्ति पार्टी नेजपा, घर ताप्लेजुङ्ग भए पनि काठमाडौँ बस्ने)

९. रन्धोज तम्लिङ्ग (पाँचथर)

Skip This
Skip This
Logo