काठमाडौं । अब निजामती कर्मचारीको दरबन्दी १ लाख ३८ हजार रहने भएको छ । निजामती कर्मचारी समायोजनका लागि देशभर १ लाख ३८ हजार १७८ दरबन्दी कायम गरिएको हो ।
संघमा ४७ हजार ९२०, प्रदेशमा २२ हजार ७५५ र स्थानीय तहमा ६७ हजार ५०३ दरबन्दी कायम भएको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ ।
दरबन्दी निश्चित भएकाले बुधबार नै कर्मचारी समायोजन फारम भर्न आह्वानसहित सूचना जारी गर्ने तयारी भएको मन्त्री लालबाबु पण्डितले जानकारी दिए ।
मन्त्री पण्डितले केन्द्र, प्रदेश र स्थानीय तहका लागि कर्मचारी समायोजन गर्न अनलाइन सफ्टवेयर सुरु गर्न लागिएको जानकारी दिए ।
संसद्को राज्यव्यवस्था समितिमा बोल्दै मन्त्री पण्डितले कर्मचारी ट्रेड युनियनसँग छलफल गरेर कर्मचारी समायोजन अध्यादेश ल्याइएको दाबी गरे ।































प्रतिक्रिया