एजेन्सी । एकदिवसीय अन्तर्राष्ट्रिय शृंखला अन्तर्गत घरेलु टिम भारतले एक खेल अगावै इंग्ल्याण्डविरुद्धको खेल जितेको छ ।
आइतबार राति ४ विकेटको जित निकालेसँगै भारतले सिरिज एक म्याच अगावै आफ्नो पक्षमा पारेको हो ।
पहिलो खेलमा पनि भारत चार विकेटले नै विजयी भएको थियो । दोस्रो खेलमा इंग्ल्याण्डले दिएको ३ सय ५ रनको लक्ष्य भारतले ४४.३ ओभरमा ६ विकेट गुमाउँदै पूरा गर्यो । भारतका लागि कप्तान रोहित शर्माले शतकीय पारी खेले । उनले ९० बलमा १२ चौका र सात छक्काको मद्दतमा ११९ रनको पारी खेलेका हुन् ।
यस्तै, शुभमन गिलले ५२ बलमा ९ चौका र एक छक्काको मद्दतले ६०, श्रेयस अय्यरले ४४, अक्षर पटेलले अविजित ४१, रवीन्द्र जडेजाले अविजित ११ तथा हार्दिक पाण्डेया र केएल राहुलले समान १० रन जोडे । इंग्ल्याण्डका लागि जिमी ओभर्टनले दुई तथा गस एट्किन्सन र लियम लिभिङस्टोनले एकरएक विकेट लिए । त्यसअघि टस जितेर ब्याटिङ रोजेको इंग्ल्याण्ड ४९.५ ओभरमा ३ सय ४ रनमा अलआउट भयो ।
इंग्ल्याण्डकाका लागि जो रूटले ७२ बलमा ६ चौकाको मद्दतले सर्वाधिक ६९ रन बनाए । यस्तै, बेन डकेटले ५६ बलमा १० चौकाको मद्दतले ६५, लियम लिभिङस्टोनले ४१, कप्तान जोस बटलरले ३४, ह्यारी ब्रुकले ३१, फिल साल्टले २६ र आदिल राशिदले १४ रन जोडे । भारतका लागि रवीन्द्र जडेजाले तीन तथा मोहम्मद शामी, हर्षित राणा, हार्दिक पाण्डेय र वरुण चक्रवर्तीले एक÷एक विकेट लिए ।
भारत र इंग्ल्याण्डबीचको तेस्रो तथा अन्तिम खेल बुधबार हुनेछ ।





























प्रतिक्रिया