काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो सचिवालयमा रहने नेताहरु हेरफेर गरेका छन् ।
माअोवादी केन्द्रीय कमिटीको पछिल्लो बैठक निर्णय परिपत्र गर्ने क्रममा सचिवालय हेरफेरको जानकारी समेत गराइएको छ।प्रचण्डको सचिवालय प्रमुख रहेका रमेश मल्ललाई हटाएर उनको ठाउँमा गोविन्द आचार्यलाई ल्याइएको छ । मल्ल विशेष प्रदेशको सहइञ्चार्जमा सरुवा भएका छन् ।
प्रचण्ड सचिवालयमा नयाँ जिम्मेवारी पाएका आचार्यले यसअघि प्रचण्डका प्रधानमन्त्री हुँदा प्रेस सल्लाहकारको जिम्मेवारी सम्हालेका थिए । माओवादीका पूर्व सांसद तथा प्रचण्डको सुरक्षामा खटिएका पूर्वजनमुक्ति सेना सन्तु दरैलाई पनि सचिवालयमा राखिएको छ । माओवादी केन्द्रीय कमिटी सदस्य तथा प्रचण्डपुत्री गंगा दाहाल पनि सचिवालयमा छिन् ।
नयाँ शक्ति छाडेर माओवादी केन्द्रमा फर्किएका विश्वदीप पाण्डेलाई पनि सचिवालयमा राखिएको छ । लामो समय डा. बाबुराम भट्टराईको निकट रहेर जनयुद्धकाल देखि नै हेडक्वार्टरमा काम गरेका पाण्डे पछिल्लो पटक नयाँ शक्ति छाडेर माओवादी केन्द्रमा फर्किएका थिए ।
त्यसैगरी प्रचण्ड प्रधानमन्त्री हुँदा नै सचिवालयमा काम गरेका गोकर्ण भट्टलाई पनि सचिवालयमा राखिएको छ ।































प्रतिक्रिया