एकता पौडेलले निर्देशन गर्ने चलचित्र ‘हर्ष’मा खगेन्द्र र आँचलको जोडी

एकता पौडेलले निर्देशन गर्ने चलचित्र ‘हर्ष’मा खगेन्द्र र आँचलको जोडी

केन्द्रबिन्दु
27
Shares

काठमाडौं । अभिनेत्री आँचल शर्मा र अभिनेता खगेन्द्र लामिछानेलाई जोडी बाँध्दै ‘हर्ष’ सिनेमा बन्ने भएको छ ।

उक्त चलचित्रमा एकता पौडेलले निर्देशकको रुपमा डेब्यू गरेकी छिन् । ई प्राइम मुभिजको ब्यानरमा बन्ने चलचित्रमा अहिले सम्म आँचल र खगेन्द्रमात्र मुख्य कलाकारका रुपमा फाइनल भएका छन् । उनीहरुका अलावा अन्य कलाकारको जानकारी निर्माणपक्षले केही समयपछि दिने जनाएको छ ।

सिनेमालाई प्रशन्न पौडेल र विकास पौडेल (चितवन)ले निर्माण गर्दैछन् भने कार्यकारी निर्मातामा हिक्मत चोखल (चितवन) रहेका छन् । आलोक शुक्लाको सिनेम्याटोग्राफी रहने सिनेमामा ईश्वर घिमिरे प्रोडक्सन म्यानेजर रहेका छन् ।

को हुन नव निर्देशक एकता पौडेल ?

एकता पौडेल दिवंगत निर्देशक शिव रेग्मीकी भान्जी हुन भने उनले न्यूयोर्क फिल्म एकेडेमीमा सिनेमा मेकिङ अध्ययन गरेकी छन् ।

आमसंचारमा स्नातक गरेकी एकताले व्यवस्थापन तथा नेतृत्व विषयमा स्नातकोत्तर समेत गरेकी छन् ।

यसका अलवा उनले केही छोटा सिनेमाहरु बनाएकी छन् ।

Skip This
Skip This
Logo