प्रधानमन्त्री कार्यालयमा मन्त्रीको रिपोर्ट कार्ड

प्रधानमन्त्री कार्यालयमा मन्त्रीको रिपोर्ट कार्ड

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ

मन्त्रालयका तर्फबाट प्रधानमन्त्रीसमक्ष प्रस्तुत चौमासिक लक्ष्य कति पूरा भयो ? प्रधानमन्त्री कार्यालयले पाइचार्ट बनाएर अनुगमन गरिरहेको छ । आफैंले निर्धारित गरेको लक्ष्य कुनै पनि मन्त्रालयले पूरा गरेका छैनन् ।

प्रधानमन्त्री केपी ओलीले मन्त्रालयको चौमासिक रिपोर्ट कार्ड अनुगमन गरिरहेका छन् । निर्धारित समयमा कति काम हुन सक्छ भनेर उनले मन्त्रालयहरूबाट प्रतिबद्धता मागेका थिए । आफैंले प्रस्तुत गरेको लक्ष्य मन्त्रालयले कति पूरा गरे भन्ने मूल्यांकन प्रधानमन्त्री कार्यालयको सफ्टवेयरले गरिरहेको छ । सफ्टवेयरले अद्यावधिक गरिरहेको पाइचार्ट प्रधानमन्त्रीले आफ्नो ट्याबलेटमा हेरिरहेका छन् । तर प्रधानमन्त्रीलाई दिएको लक्ष्य कुनै पनि मन्त्रालयले पूरा गर्न सकेका छैनन् ।

प्रधानमन्त्रीको अनुगमनले मन्त्रीमाथि नैतिक दबाब सिर्जना गरिरहेको छ । किनकि आफैँले तोकेको लक्ष्य अनुसार कति काम गर्न सकियो भन्ने मन्त्रालयले नै सफ्टवेयरमा भर्नुपर्छ  । ‘यो पाइचार्ट हामीले बनाएको होइन । सम्बन्धित मन्त्रालयका सचिवले स्वयं मूल्यांकन गरेबापत सफ्टवेयरबाट पाइचार्ट बन्छ,’ महाशाखाका सहसचिव यमलाल भुसालले भने, ‘प्रधानमन्त्रीज्यूले आफ्नो ट्याबलेटबाट मन्त्रालयको पर्फर्मेन्स हेरिरहनुभएको हुन्छ ।
नयाँ पत्रिकाबाट

Logo