जनकपुरधाम
जनकपुर अञ्चल अस्पतालको छेउमै छ बाह्रबिघा मैदान । त्यहीँ दर्जन भन्दा बढी एम्बुलेन्स बिरामी कुरेर बसिरहेका छन् । ज १ च १११६ नम्बरको एम्बुलेन्स त्यहीँ भेटियो । विदेह नगरपालिका दुहबीको मिथिला स्वास्थ्य सहकारी संस्थाद्वारा सञ्चालित रहेछ यो ।
दुहबीको एम्बुलेन्स जनकपुरमा कसरी चल्यो ? हामीले चालक मणिशंकर साहसँग सोध्यौँ । ‘संस्थाबाटै मैले सम्झौतामा लिएको हुँ,’ उनले भने, ‘एकपटक दुर्घटना भएपछि संस्थाले चलाउन सकेन । अनि सञ्चालकहरू सञ्जीव झा र राजीव झाले मलाई ठेक्कामा दिएका हुन् ।’ गाउँको बाटो राम्रो नभएकोले आफूले जनकपुरमै चलाउँदै आएको उनले बताए । संस्थाका संरक्षक राजीव झाले त्यो एम्बुलेन्स कामै नलाग्ने भएपछि संस्था मार्फत मणिशंकरलाई चलाउन दिएको दाबी गरे ।
जनकपुरको केयर मेडिकलको ज १ च ३३४ र ज १ च ३७३ नम्बरको एम्बुलेन्स पनि मणिशंकरले नै सञ्चालन गर्छन् । यी दुवै एम्बुलेन्स केयर मेडिकलले बेचिसकेको मणिशंकरले बताए । ‘पहिले नागेश्वर साहले लिएको थियो । उसले वैद्यनामथ साहलाई बेच्यो । वैद्यनाथबाट मैले लिएर चलाउँदै छु,’ उनले भने ।
यदुकुवा, धनुषाधाम, औरही, महेन्द्रनगर जस्ता गाउँमा दर्ता भएका एम्बुलेन्स जनकपुरमा चलिरहेका छन् । यो जिल्लाका मात्रै होइन, मेची, बागमती, सगरमाथाका एम्बुलेन्स पनि यहीँ छन् । नारायणी अञ्चलको ज्योति नेपाल नामको संस्थाबाट सञ्चालित ना २ च ८९३१, सगरमाथाको कमलामाई पोलिक्लिनिकबाट सञ्चालित स १ च ६५७, मेचिको रामदयाल संस्थाको मे १ च २०८० र मेचीकै गोठ गाउँको देव पोलिक्लिनिकबाट सञ्चालित मे १ च ३५० नम्बरको एम्बुलेन्स यहाँ छ । ललितपुर उपमहानगरपालिका जावलाखेलको बा २ च ८७६६, नारायणी अञ्चलको समाज विकास संस्थान नेपालको ना२च ६७२, पहरी समाज चन्द्रनिगाहपुरको ना २ च ८८५५ नम्बरको एम्बुलेन्स पनि जनकपुरमै सञ्चालित छन् ।
यीमध्ये अधिकांश एम्बुलेन्स संस्थाले बेचिसकेको वा ठेक्कामा दिएको एम्बुलेन्स चालक संघ धनुषाका अध्यक्ष हनुमान साह बताउँछन् । जनकपुरमा कतिपय एम्बुलेन्स निजी सवारी साधनझैँ मोलमोलाई गर्ने र यात्रुसमेत बोक्ने गर्छन् ।
अन्नपूर्णबाट





























प्रतिक्रिया