संघीय संसद्को हिउँदे अधिवेशन आजबाट

संघीय संसद्को हिउँदे अधिवेशन आजबाट

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ

संघीय संसद्को हिउँदे अधिवेशन आजबाट प्रारम्भ हुँदैछ  । कार्यव्यवस्था परामर्श समितिको निर्णय अनुसार बुधबार अपराह्न ४ बजे बस्ने अधिवेशनको पहिलो बैठकलाई संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलका नेताहरूले सम्बोधन गर्नेछन् ।

प्रतिनिधिसभा र राष्ट्रिय सभाको बुधबार दुई/दुईवटा बैठक बस्ने संघीय संसद् सचिवालयले जनाएको छ । प्रतिनिधिसभाको पहिलो बैठकमा सभामुखले राष्ट्रपतिबाट प्राप्त हिउँदे अधिवेशन प्रारम्भ गर्ने सम्बन्धी प्राप्त पत्र पढेर सुनाउने, दलीय आधारमा नेताहरूले सम्बोधन गर्ने, प्रशासकीय अदालत विधेयकका सम्बन्धमा राष्ट्रिय सभाबाट प्राप्त सन्देशसहितको विधेयक टेबुल गर्ने तथा संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले कर्मचारी समायोजन अध्यायदेश प्रस्तुत गर्ने कार्यसूची सचिवालयले तयार गरेको छ ।
नयाँ पत्रिकाबाट

Skip This
Skip This
Logo