विराटनगर । मोरङको दशगजा क्षेत्रमा भारतीय पक्षले निर्माण गरेको सडक भत्काईएको छ । नेपाली पक्षले दशगजा मिचेर बनाएको सडकको काम रोकेपछि भारतीय पक्षले सडक भत्काएको हो ।
मोरङको जहदा गाउँपालिका १ कालाबञ्जरस्थित दशगजामा क्षेत्रमा भारतले सडक निर्माण सुरु गरेको थियो । दशगजा मिचेर निर्माण सुरु गरेको सडक स्थानीय प्रशासनले रोकेपछि गल्ती स्वीकार गर्दै भारतीय पक्षले भत्काउन थालेको सशत्र प्रहरी बल ३ नम्बर गण हेडक्वार्टर मोरङका उपरीक्षक मनिष थापाले जानकारी दिए ।
भारतको विहार राज्यको अररिया जिल्ला कुशमाहा ग्रामपञ्चायत ४ को आमगाछी मुसहरी बस्तीका दुई गाउँ जोड्न दशगजा मिचेर सडक निर्माण सुरु गरेको थियो ।































प्रतिक्रिया