महानगरीय प्रहरी वृत महाराजगञ्जले समुदाय प्रहरी कार्यक्रम अन्तर्गत जनचेतनामूलक अन्तरक्रिया कार्यक्रम सञ्चालन गरेको छ ।
विभिन्न क्याम्पस र विद्यालयमा अध्ययनरत किरोशाअवस्थाका विद्यार्थीहरुलाई लक्षित गर्दै सो कार्यक्रम सञ्चालन गरिएको महानगरीय प्रहरी वृत महाराजगञ्जका प्रमुख एवं प्रहरी नायव उपरीक्षक फरिन्द्र प्रसाईले जानकारी दिए ।
प्रहरी नायव उपरीक्षक प्रसाईले भने, ‘वर्तमान अवस्थामा कलेज र विद्यालयस्तरमा अध्ययन गरिरहेका विद्याथीहरु बढी पीडित हुने र कुलतमा फसी विभिन्न अपराधिक गतिविधीमा संलग्न हुने घटनाहरु बढिरहेकाले कार्यक्रम आयोजना गरेका हौ। ‘
प्रहरी कार्यक्रम अन्तर्गत २ वटा पालिका स्तरीय समिति, २१ वटा वडा स्तरीय समिति र १०४ वटा विद्यालय समपर्क समिति समेत गठन भईसकेको छ ।
काठमाडौं महानगरपालिका वडा नं ४ सुकेधारास्थित नवदुगर्था पार्टी प्यालेसको सभाहलमा भएको जनचेतनामूलक अन्तरक्रिया कार्यक्रममा प्रमुख अतिथिका रुपमा सहभागी भएका प्रहरी नायव महानिरीक्षक शैलेश थापाले समाजमा शान्ति सुरक्षा, अपराध, जवरजस्ती करणाी, साईवर अपराध र अपराधबाट जोगिन अपनाउनुपर्ने उपायका बारेमा सहभागीहरुलाई प्रशिक्षण दिए । प्रहरी नायव महानिरीक्षक थापाले भने, ‘हालको तथ्याङकलाई केलाउँदा ६४ प्रतिशत पिडित १८ वर्ष मुनीका बालबालिका रहेको र ६२ प्रतिशत जवरजस्ती करणीका घटना आफना नजिकका चिनजानबाट हुने गरेका हुदाँ सदैव सजक रहेर बस्न आवश्यक छ ।’

कार्यक्रममा प्रोलिफिक मावि धुम्वाराही, द ईनसाईट मावि धुम्बाराही र बाग्मती मावि सुकेधाराका कक्षा १०, ११ र १२ का करीव ७ सय जना विद्यार्थीहरु सहभागी भएका थिए ।































प्रतिक्रिया