नरेन्द्र मोदीले विदेश भ्रमणमा २ हजार करोडभन्दा बढी सकाए

नरेन्द्र मोदीले विदेश भ्रमणमा २ हजार करोडभन्दा बढी सकाए

केन्द्रबिन्दु
0
Shares

एजेन्सी । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ४ वर्षमा विदेश भ्रमणमा दुई हजार करोडभन्दा बढी खर्च गरेका छन् । प्रधानमन्त्री भएयता २०१४ देखि हालसम्म विदेश भ्रमणमा दुई हजार करोड भन्दा बढी भारतीय रुपैयाँ खर्च गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

राज्यसभामा भारतको विदेश राज्यमन्त्री विके सिंहले मोदीले गरेको विदेश भ्रमणको खर्च विवरण पेश गरेपछि यो तथ्य बाहिर आएको हो । सिंहले २०१४ जून १५ देखि २०१८ डिसेम्बर ३ सम्म मोदीको विदेश भ्रमणबारे खर्च सार्वजनिक गरेका हुन्।

धेरै समय विदेश भ्रमणमा खर्च गरेको आरोप लागेपछि राज्य सभामा भारतीय कम्युनिष्ट पार्टीका सांसदले मोदीको विदेश भ्रमणको खर्च सार्वजनिक गर्न माग गरेका थिए।

विमान भाडा, ग्राउन्डेड, चार्टर्ड उडान, हटलाइन लगायतका शीषर्कमा मोदीले २०१४ देखि विदेश भ्रमण गर्दा हालसम्म २ हजार २१ करोडभन्दा बढी भारतीय रूपैया खर्च गरेको देखिएको हो। मोदीले प्रधानमन्त्री भएपछि ८४ देशको भ्रमण गरिसकेका छन्।

Skip This
Skip This
Logo