कमलामाई (सिन्धुली) । सुनकोशी गाउँपालिका–३ नौविसेमा भैँसीले हान्दा एक जनाको मृत्यु भएको छ ।
भैसी गोठमा घाँस हाल्न गएका ७५ वर्षीय गोपाल घर्तीलाई भैँसीले हान्दा आज बिहान मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालयका प्रमुख गोविन्दराज काफ्लेका अनुसार भैँँसीले हानेर घर्तीको घटनास्थलमा नै ज्यान गएको हो ।





























प्रतिक्रिया