फागुन १ लाई ‘जनक्रान्ति दिवस’ का रूपमा मनाऔं : बाबुराम भट्टराई

फागुन १ लाई ‘जनक्रान्ति दिवस’ का रूपमा मनाऔं : बाबुराम भट्टराई

केन्द्रबिन्दु
51
Shares

काठमाडौं । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष बाबुराम भट्टराईले फागुन १ गते नेपालको युगान्तकारी जनविद्रोह ‘जनयुद्ध’ सुरू भएको दिन भन्ने उल्लेख गर्दै फागुन १ लाई ‘जनक्रान्ति दिवस’ का रूपमा मनाउन प्रस्ताव गरेका छन् ।


यस्तो दिवस राज्य, सबै दल र जनताको तर्फबाट मनाउनुपर्ने भट्टराईको भनाइ छ। ‘जनयुद्ध दिवस’ का अवसरमा बिहीबार सामाजिक सञ्जाल एक्समा पोस्ट गर्दै पूर्वमाओवादी नेता भट्टराईले लेखेका छन्, ‘शब्दको जुंगाको लडाइँ छोडौं, फागुन १ गतेलाई राज्य र सबै दल, जनताको तर्फबाट प्रत्येक वर्ष ‘जनक्रान्ति दिवस’ को रुपमा मनाऔं।’

संघीय लोकतान्त्रिक गणतन्त्रको वास्तविक जग खन्न उक्त दिनले सुरूवात गरेको भट्टराईको भनाइ छ। ‘त्यो महायज्ञमा अमूल्य ज्यान अर्पण गर्ने महान शहीदहरू, बेपत्ताजन, घाइतेरअपांग योद्धाहरू सबैमा अन्तरहृदयदेखि उच्च सम्मान,’ उनले भनेका छन्।

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री भएका बेला जनयुद्ध दिवसमा सरकारले बिदा दिने निर्णय गरेको थियो। उक्त विषयलाई लिएर आलोचनासमेत भएको थियो।

पछि सर्वोच्च अदालतले जनयुद्ध दिवसमा बिदा नदिन आदेश दिएको थियो। संघीय सरकारले सार्वजनिक बिदा नदिए पनि माओवादी केन्द्रले जितेका केही स्थानीय तहहरूमा फागुन १ गते बिदा दिने गरिएको छ।

Skip This
Skip This
Logo