रौतहट । रौतहटको चन्द्रपुर नगरपालिका क्षेत्रको जङ्गलमा देखा परेको घाईते हात्तीको उपचार गरिएको छ ।
चन्द्रपुर नगरपालिका–२ स्थित हिलेखोलाको पोखरीडाडाको महादेव स्थान सामुदायिक वन उपभोक्ता समुहको जङ्गलभित्र टयाककोलाईज (डार्क) गरी बेहोस बनाएर हात्तीको उपचार गरिएको हो । यहाको जङ्गल तथा बस्तीमा करीब दुई महिना देखि हात्ती देखा पर्दै आएको स्थानीय टिकाआचार्यले बताए । उनका अनुसार हात्तीको दाया खुट्टा घाइते भएको अवस्थामा रहेको थियो । हात्तीको कसैले गोलि हानेको हुन सक्ने आशंका गरिएको उनले बताए ।
राष्ट्रिय प्रकृती संरक्षण कोष सौराहा चितवनका पशु चिकित्सक अमिर सडौला र बन्यजन्तु प्राबिधिक तीर्थ लामाको टोलिले घाईते हात्तीको उपचार गरेको डिभिजन वन कार्यलय रौतहटले जनाएको छ । राष्ट्रिय प्रकृती संरक्षण कोषका पशु चिकित्सक अमिर सडौलाका अनुसार हात्तीको दाया खुट्टा घोडा मुनी र घाटीमा धातुको बस्तुले सुनिएको अबस्थामा उपचार गरिएको हो । हात्तीको शरीरमा भएको घाउ सुक्ने एन्टिबायोटिक दिएर उपचार गरेको उनले जानकारी दिए ।
हात्ती बेहोस भएको आधा घण्टाभित्र पशुचिकित्सक टोलीले हात्तीको उपचार गरिसकेको थियो । हात्तीको उपचार सकिए लगत्तै त्यसै स्थानमा छाडिएको थियो । तर स्थानीयले हात्तीलाई नियन्त्रणमा लिएर अन्यत्र स्थानतरण गर्ने माग गर्दै आएका छन । हात्तीको उपचार मात्र गर्ने तर स्थानतरण गर्ने जिम्मेवारी आफ्नो न भएको राष्ट्रिय प्रकृती संरक्षण कोषले जनाएको छ ।
उक्त जङ्गली हात्तीको नाम एमगज भएको बुझिएको छ ।





























प्रतिक्रिया