धनगढी । नेपाल आइडल सिजन–२ का विजेता रवि ओडलाई सुदूरपश्चिम प्रदेशले सम्मान गरेको छ । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टको उपस्थितिमा ओडलाई प्रदेश सरकारले सम्मान गरेको हो ।
धनगढीमा आयोजित सम्मान कार्यक्रममा मुख्यमन्त्री भट्टले रविले नेपाल आइडल मार्फत आफ्नो भुगोललाई चिनाउन निकै महत्वपूर्ण भूमिका खेलेको बताए ।
उनले रवि आइडलको विजेता भएसंगै सुदूरपश्चिममा पनि राष्ट्र चिनाउन सक्ने प्रतिभा रहेको पुष्टि भएको बताए। उनले यस क्षेत्रको कला, सस्कृतीको संरक्षण र कलाकाहरुको उत्थानका लागि प्रदेश सरकार तयार रहेको बताए ।
कार्यक्रममा विजेता रविले नेपाल आइडल मार्फत सुदूरपश्चिमलाई चिनाउन पाउँदा खुसी लागेको बताए। आज नै रविको सम्मानमा मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले चियापान कार्यक्रमको पनि आयोजना गरेको छ ।































प्रतिक्रिया