प्रहरीका ८५० कार्यालयमा छैनन् शौचालय

प्रहरीका ८५० कार्यालयमा छैनन् शौचालय

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ

प्रहरी रिपोर्ट भन्छ, ‘देशभर आठ सय ५० कार्यालयमा शौचालय छैन ।’ शौचालय अभावमा लोटा लिएर पाखापाखा दगुर्न बाध्य राष्ट्रसेवक प्रहरीका मुखिया सर्वेन्द्र खनालले भने सवा दुई करोडको टोयोटा ल्यान्डक्रुजर गाडी ल्याएका छन् । उनको गाडीमा बुलेटप्रुफ समेत जोडिएको छ ।

दिनरात ड्युटीमा खट्ने प्रहरीका लागि न्यूनतम पूर्वाधारसमेत व्यवस्था नगर्ने प्रधान कार्यालयले महानिरीक्षकको विलासिताका लागि भने ठूलो रकम खर्च गरेको छ । आर्थिक वर्षको अन्तिममा करोडौँ बजेट फ्रिज हुन लागेको भन्दै महानिरीक्षक खनालले आफ्नो लागि भव्य गाडी खरिद गरेका हुन् । तर यसअघि उनी चढ्ने मित्सुबिसी पजेरोसहित उनको सचिवालयमातहत १९ गाडी परिचालन भइरहेका थिए ।

अस्थायीबाहेक प्रहरीका दुई हजार २५ कार्यालय छन् जसमध्ये आठ सय ५० कार्यालयमा शौचालय छैन । यी कार्यालयमा हजारौँ प्रहरी ड्युटी गरिरहेका छन् । तर जम्मा ८९ कार्यालयमा शौचालय निर्माणाधीन छन् । प्रहरीको तथ्यांक अनुसार प्रदेश १ मा तीन सय ९६ प्रहरी कार्यालय छन् । ती मध्ये एक सय ३५ मा शौचालय छैन । २६ कार्यालयमा भने निर्माण भइरहेको छ । त्यस्तै प्रदेश २ का तीन सय ३२ प्रहरी इकाइमध्ये एक सय सातमा शौचालय छैन । यो प्रदेशका जम्मा ६ कार्यालयमा शौचालय निर्माण भइरहेको छ ।
नयाँ पत्रिकाबाट

Skip This
Skip This
Logo