काठमाडौं । नेपाल-चीन पारस्परिक सहयोग समाजका अध्यक्ष प्रेम सागर पौडेलले चीन ग्रेटर नेपाल र राजतन्त्र पुर्नस्थापनाको पक्षमा उभिनुपर्ने बताएका छन् । पछिल्लो समय नेपालमा बढ्दै गएको विदेशी हस्तक्षेप कम गर्न चिनियाँ सहयोग अपरिहार्य रहेको दाबी गरेका हुन् ।
उनले सामाजिक सञ्जाल मार्फत यस्तो दाबी गरेका हुन् । चीन निकट मानिएका अध्यक्ष पौडेलले नेपाली जनता र मुलुकको विपक्षमा क्षेत्रीय स्थिरता र शान्ति खल्बल्याउने दुष्ट प्रयास भईरहेको बताए । साम्राज्यवादीको दलाली नाङ्गो रुपमा लागेको आरोप लगाउँदैं यो सबै रोक्न चीनको भूमिका अपरिहार्य रहेको बताएका हुन् ।
उनले भनेका छन्, ‘अहिलेको बर्तमान ब्यवस्था जनता र मुलुकको विपक्षमा क्षेत्रीय स्थिरता र शान्ति खल्बल्याउने दुष्ट प्रयास गर्दै साम्राज्यवादीको दलालीमा नाङ्गो रुपमा लागेको देखिन थालेको छ । सतहमा देखिएका र निकट भविष्यमा देखिने काला दृश्यले नेपालको सार्वभौमसत्ता अखण्डता र एकतालाई नराम्रोसँग प्रभावित पार्नेछ ।’
सम्भावित खतरालाई रोक्न र क्षेत्रिय स्थिरता तथा शान्ति कायम राख्न प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका क्रममा चिनियाँ राष्ट्रपतिले भनेका कुरा स्मरण गराएका छन् । उनले भनेका छन्, ‘प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका समय स्पष्ट शब्दमा चीनका राष्ट्रपति सीले भनेको ‘चीन नेपालको अखण्डता सार्वभौमसत्ता र स्वतन्त्रताको पक्षमा छ।’ ब्यवहारमा देख्न देशभक्त नेपाली जनता आतुर छन् ।’
क्षेत्रीय स्थिरता अखण्डता र स्वतन्त्रता कायम गर्नका लागि चीनको अभिभावकीय भूमिका अपरिहार्य रहेको उनको दाबी छ । चीनले ग्रेटर नेपाल र राजालाई पुनर्स्थापित गर्ने अजेण्डालाई समर्थन गर्नुपर्ने उनको धारणा रहेको छ ।
यसबाट क्षेत्रीय स्थिरता कायम हुने, नेपाललाई चीन विरोधीको आखडा बन्नबाट बचाउन सकिने, पूर्वीय सभ्यताको निरन्तरताबाट मानवजीवन शान्त, सुमधुर, समृद्ध र विश्वभातृत्वका पक्षमा महत्त्वपूर्ण उपलब्धि हासिल गर्न सकिने उनको दाबी छ ।
राजकीय अधिकारको दुरुपयोग गरेर चरम भ्रष्टाचार, गुटबन्दीमा रमाइरहेका तथा कथित नेताहरूबाट नेपालीले न्याय सम्मान र सुरक्षा पाउन नसक्ने स्पष्ट भएको उनको भनाई छ ।































प्रतिक्रिया