बिचौलिया र माफियाहरुले नेपाली न्यायालय घेरिएको छ : सुशीला कार्की

बिचौलिया र माफियाहरुले नेपाली न्यायालय घेरिएको छ : सुशीला कार्की

केन्द्रबिन्दु
0
Shares

काठमाडौं

पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले नेपालका न्यायालय बिचौलिया र माफियाहरुले घेरिएको बताएकी छन् ।

पोखरामा आयोजित नेपाल लिटरेचर फेस्टिभलमा ‘अन्यायमा महिला’ शीर्षकमा आफ्नो मन्तव्य राख्दै नेपालकी प्रथम महिला प्रधानन्यायाधीश कार्कीले न्यायाधीशहरुको राजनीतिक आस्थाले पनि न्यायालयले सकारात्मक भूमिका खेल्न नसकेको गुनासो गरिन् ।

राजनीतिक दलका नेताहरुले आफ्नो स्वार्थका लागि न्यायालयलाई प्रभाव पार्ने गरेको उल्लेख गर्दै उनले भनिन्, ‘न्यायाधीशहरुको राजनीतिक आस्थाले पनि नकारात्मक भूमिका खेल्ने गरेको छ ।’

न्यायसम्पादन कमजोर हुँदै गएका विभिन्न दृष्टान्त दिंदै कार्कीले भनिन्, ‘हामीले के बुझ्नु जरूरी छ भने, भ्रष्टाचार र आर्थिक लेनदेनका आधारमा न्यायको किनबेच हुँदासम्म र न्यायालयमा राजनीतिक प्रभाव पर्दासम्म अनुसन्धानदेखि न्याय सम्पादनसम्म कमजोर हुन्छ ।’
नागरिकबाट

Skip This
Skip This
Logo