काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले सरकारसँग ऐन विधिपूर्वक ल्याएर पास गर्नसक्ने हुत्ति नभएको बताएका छन् ।
आइतवार समाजवादी प्रेस संगठनको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री खनालले दुई पार्टीको सरकार भएपनि देशमा स्थिरता नभएको बताएका हुन् । उनले भने,‘दुई पार्टीको सरकार छ तर देशमा स्थिरता छैन । एउटा ऐन विधिपुर्वक ल्याएर पास गर्न सक्ने हुत्ति सरकारसँग छैन । अध्यादेश ल्याउने त्यो पनि पास हुन्छ कि हुँदैन, हुने सम्भावना देख्दिनँ । फेल भयो भने यो सरकार के गर्छ ?’
उनले बहुदलीय समाजवाद भन्नु भन्दा मात्र भएको बताए । उनले भने,‘हामी अहिले समाजवादी क्रान्ति र रुपान्तरणको नया युगमा छौं । अब प्राप्त गर्न बाँकी समाजवाद हो । अहिले कसैले बहुदलीय समाजवाद भन्छन् त्यो भन्ने मात्र हो । त्यो बैज्ञानिक समाजवाद होइन । कसैले प्रजातान्त्रिक समाजबाद भन्छन् यो पनि अन्तर्राष्ट्रिय पुँजीवादले निकालेको फन्डा हो ।’
उनले सही वैचारिक राजनीतिक कार्यदिशा बनाउन नसके अप्ठेरोमा पर्ने पनि बताए ।





























प्रतिक्रिया