पूर्वप्रधानमन्त्री चन्दको आत्मकथाको आवरण सार्वजनिक

पूर्वप्रधानमन्त्री चन्दको आत्मकथाको आवरण सार्वजनिक

केन्द्रबिन्दु
30
Shares

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा मदन पुरस्कार विजेता साहित्यकार लोकेन्द्रबहादुर चन्दको आत्मकथा ‘लोकेन्द्रबहादुर चन्द’को आवरण सार्वजनिक गरिएको छ ।

८५ वर्ष पूरा गरी ८६ वर्ष प्रवेश गरेका चन्दको यो आत्मकथा लेखन कुञ्जद्वारा प्रकाशित हुने भएको छ । लेखन कुञ्जका अध्यक्ष कमल ढकालका अनुसार यो पुस्तक आगामी २०८२ साल जेठ महिना भित्र प्रकाशन हुनेछ ।

पुस्तकमा बैतडीको पहाडी क्षेत्रबाट जीवन सुरु गरेर चार पटक नेपालको प्रधानमन्त्री बन्न सफल भएका चन्दको जीवन यात्रा सँगसँगै उनको राजनीतिक जीवन, साहित्यिक यात्रा र मदन पुरस्कार प्राप्तिसम्मको यात्रा समेटिने बताइएको छ ।

Logo