ट्रष्ट माइक्रोले साढे २२ करोडको आइपीओ जारी गर्ने, बिक्री प्रबन्धकमा एनआइएमबि एस क्यापिटल

ट्रष्ट माइक्रोले साढे २२ करोडको आइपीओ जारी गर्ने, बिक्री प्रबन्धकमा एनआइएमबि एस क्यापिटल

केन्द्रबिन्दु
33
Shares

काठमाडौं । ट्रष्ट माइक्रो इन्स्योरेन्स लिमिटेडले आफ्नो पुँजीको ३० प्रतिशतले हुन आउने २२ करोड ५० लाख मूल्य बराबरको कूल २२ लाख ५० हजार कित्ता आइपीओ जारी गर्ने भएको छ ।

प्रतिशेयर मूल्य १०० रुपैयाँका दरले सर्वसाधारणका लागि आइपीओ निष्काशन गर्नेछ । जसका लागि आज धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकको काम पूरा गर्न एनआइएमबि एस क्यापिटल लिमिटेडलाई नियुक्त गरी सम्झौता गरेको छ।

उक्त सम्झौता पत्रमा निष्काशन कम्पनीका तर्फबाट प्रमुख कार्यकारी अधिकृत उज्वल ढुंगाना र निष्काशन तथा बिक्री प्रबन्धकका तर्फबाट महाप्रबन्धक सचिन्द्र ढुंगानाद्वारा हस्ताक्षर गरिएको हाे ।

न्यून आय भएका एवं पिछडिएका क्षेत्रका बासिन्दा र सिमान्तकृत समुदायका व्यक्तिहरूलाई लघु बीमा सेवा पुर्याउने लक्ष्य लिई यस ट्रष्ट माइक्रो इन्स्योरेन्स लिमिटेड २०८० साल कात्तिक महिना १२ गते निर्जीवन लघु बीमाको इजाजतपत्र प्राप्त गरी लघु निर्जीवन बीमा कम्पनीको हैसियतले चैत्र १ गतेदेखि लघु निर्जीवन बीमासम्बन्धी कारोबार सञ्चालन गर्दै आइरहेको छ।

Skip This
Skip This
Logo