१४ वर्षमा विवाह , २० वर्षमा तीन सन्तान !

१४ वर्षमा विवाह , २० वर्षमा तीन सन्तान !

केन्द्रबिन्दु
0
Shares

तनहुँ

तनहुँको भुजेल गाउँ बन्दीपुर नगरपालिकाभित्रै पर्छ । बस्ती नजिकै प्राथमिक विद्यालय पनि छ । बस्तीका सबैजसो बालबालिकाको नाम विद्यालयमा टिपाइएको पनि छ । तर विद्यालयमा बालबालिका भने निकै कम हुन्छन् । विद्यालय जाने उमेरका अधिकांश बालिका घरैमा छोराछोरी खेलाएर बसेका भेटिन्छन् ।

विद्यालय जाने उमेरका अधिकांश बालिका आमा बनेर घरैमा बसेका छन् । कलिलै उमेरमा आमा बन्नु यो बस्तीको चलन जस्तै भएको बताउँछन् हिराबहादुर भुजेल । बस्तीमा शिक्षा र चेतनाको कमीले १२/१३ वर्षका बालिकासमेत आमा बनेको उनले बताए ।

भुजेल गाउँका अधिकांश बालिकाको १४–१५ वर्षको उमेरमा विवाह भइसक्ने स्थानीय रमेश भुजेलले बताए । ‘२० वर्षमा त तीन सन्तानका आमा भइसक्छन्,’ उनले भने, ‘बस्तीमा विकृतिजस्तै भइसकेको छ, मोबाइलबाट फोन र च्याट गर्छन् त्यसपछि विवाह गरिहाल्छन् ।’

आँधीबाराही प्राथमिक विद्यालयका प्रधानाध्यापक रामेश्वर लामिछानेले बस्तीमा नजिकै विद्यालय भए पनि बालबालिकालाई नियमित विद्यालय ल्याउन नसकेको बताए । ‘उनीहरूलाई आकर्षण गराउन दिउँसो मासुचिउरा खाजाको व्यवस्थासमेत गर्यौँ,’ उनले भने, ‘त्यति गर्दा पनि आएनन् ।’ विद्यालयमा कुल ७० बालबालिका भर्ना भएका छन् । तर नियमित विद्यालय आउने मुस्किलले ३५ / ४० मात्रै हुन्छन् ।
नयाँ पत्रिकाबाट

Skip This
Skip This
Logo