मुम्बई
फेसबुकबाट प्रेमसम्बन्ध स्थापित नगर्नुस् अन्यथा मैले जस्तो दुःख पाउनुहोला,” पाकिस्तानी जेलमा छ बर्ष जीवन विताई यसै हप्ता स्वेदेश फिर्ता भएका एक भारतीय नागरिकले एक सञ्चारमाध्यमसँगको कुराकानीमा बताएका छन् ।
सामाजिक सञ्जाल फेसबुक चलाउने क्रममा एक जना पाकिस्तानी किशोरीसँग ‘मायाजाल’ मा परेपछि उनलाई भेट्न सन् २०१२ मा अफगानिस्तान हुँदै पाकिस्तान पुगेका भारतीय इन्जिनियर हमिद नेहाल अन्सारीले बताउनुभयो ।
तर सामाजिक सञ्जालमार्फत आफूले प्राप्त गरेको ठेगाना पछ्याउँदै अन्सारी पाकिस्तानी किशोरीको घरमा पुग्दा त्यहाँ पाकिस्तानी प्रहरी तैनाथ थिए र उहाँलाई त्यहीँबाट पक्राउ गरियो । उहाँलाई पछि जासूसी गरेको र नक्कली कागजात बनाएको अभियोगमा छ बर्षको जेल सजाय तोकियो ।
“अपरिचित व्यक्तिसँग भावनामा नडुब्नुस् र फेसबुक लगायतका सामाजिक सञ्जालमार्फत ‘माया जाल’ मा नफस्नुस् ,” अन्सारीले आफू रिहा भई भारत फर्केको तीन दिनपछि एएफपीसँगको कुराकानीमा भन्नुभयो ।
पाकिस्तानी जेलमा छ बर्षको बसाइपछि घर फर्किएका इन्जिनियर अन्सारीले भारतीय सीमानामा पुगेपछि भावुक मुद्रामा आफ्नी आमासँग गलामा गला जोडेको र जन्मभूमिलाई पुरै घोप्टो परेर ढोगेको श्रब्यदृश्य स्थानीय सञ्चारमाध्यमहरूले उच्च महत्वका साथ प्रशारण गरेका छन् । उक्त दृष्य सामाजिक सञ्जालमा पनि ‘भाइरल’ बनेको छ ।
“निर्वासित हुन पाउनु मेरो जीवनका लागि सबैभन्दा खुशीको क्षण भएको छ,” ३३ बर्षीय अन्सारीले मुम्बईस्थित आफ्नो घरबाट फोनमा बताउनुभयो ।
एएफपी





























प्रतिक्रिया